arrow

नागरिक लगानी कोषका कर्मचारीको आन्दोलनमा फियूनको ऐक्यबद्धता 

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
Bigyapti.jpg

काठमाडौं । वित्तीय संस्था कर्मचारी संघ (फियून)ले नागरिक लगानी कोषको कर्मचारी आचारसंहिता निर्देशिका, २०७६ संशोधनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । बिहीबार अध्यक्ष पदमराज रेग्मी तथा महासचिव हरिराज खरेलको संयुक्त हस्ताक्षर सहित जारी विज्ञप्तीमार्फत् फियूनले सो संशोधनले नागरिक लगानी कोष संचालक समिति तथा व्यवस्थापनले कोषका कर्मचारीहरुलाई देशको मूल कानून संविधानद्वारा प्रदत्त सम्पत्ति सम्बन्धी मौलिक हकको उपभोगमा बन्देज लगाउने कार्य गरेको भन्दै यसमा ध्यानाकर्षण जनाएको हो । 

श्रम ऐन, ट्रेड युनियनको न्यूनतम र आधारभूत मूल्य मान्यताको समेत ख्याल नगरी कर्मचारीहरुसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनसँग प्रत्यक्षरअप्रत्यक्ष कुनैपनि प्रकारले छलफल, विमर्श(परामर्श नगरी जानकारी विना नै एक पक्षीय ढङ्गबाट आचारसंहिता बनाएको संघको आरोप छ। संघले आचारसंहिता कोषका कर्मचारीहरुको हितमा नभएकोले यो संघ नागरिक लगानी कोषमा रहेको आधिकारिक ट्रेड युनियनले सञ्चालन गरेको विरोध कार्यक्रममा पूर्ण समर्थन तथा ऐक्यबद्धता रहेको समेत बताएको छ । 

संघले व्यवस्थापनको अप्रजातान्त्रिक, एकाङ्की, असहभागितामूलक र एकपक्षीय निर्णयको घोर निन्दा र भर्सना गर्दै कोषको प्रस्तावित आचारसंहिताले सम्पूर्ण कर्मचारीहरुको खाईपाईएको सुविधामा ह्रास हुनुको साथै अन्य अवसरहरुमा समेत कटौती हुने ठहर गरेको छ । यो आचार संहिताले कोषमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मनोबल गिर्ने र संस्थाको उत्पादकत्वमा समेत प्रभाव पर्ने तर्फ पनि संघले चेतावनी दिएको छ। 

संघले संस्थाको उच्च व्यवस्थापन श्रमिकका विषयमा देशको मूल कानून तथा श्रम ऐन र ट्रेड युनियनद्वारा प्रदान गरिएका आधारभूत तथा न्यूनतम हक अधिकार र मूल्य मान्यताको सम्मान गरी उक्त विषयमा गम्भीर भई बेलैमा समस्याको उपयुक्त निकास निकाल्ने कुरामा पनि विश्वास व्यक्त गरेकोछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ