arrow

म्याग्दीमा एक युवामाथि यसरी भयो कुटपीट (हेर्नुहोस भिडियो)

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
kutput.jpg.jpeg
म्याग्दी। म्याग्दीमा यो वर्षको होली पर्व निकै चर्चामा रह्यो। न्यूरोडमा एक सवारी सह चालक मजदुरमाथि बेनीका केही प्रतिष्ठित व्यक्तिहरुले पानी छ्यापेको भन्दै कुटपीट गरेपछि सर्वत्र यसको चर्चा, परिचर्चा र आलोचना भयो। कुटपीटको समाचार सामाजिक सञ्जालमा भाईरल नै बन्यो। सोही घटनासँग सम्बन्धित भिडियो युट्युव मार्फत फैलिएको छ। 
 
नेपाल भाषा मंकाः खलःको टोली बाजागाजा सहित होली पर्व मनाउँदै हुलाकचोबाट न्यूरोड तर्फ आउँदै थियो, उनीहरुको यो रमाईलोको दृष्य कैद गर्नका लागि खिचिएको भिडियोमा निर्मम तरिकाले मजदुरलाई कुटपीट गरिएको भिडियो समेत देख्न सकिन्छ। पानी छ्याप्ने मजदुर दाङ तुल्सीपुर ४ का २१ वर्षिय समिर केसी हुन्। उनि भिम एण्ड ब्रर्दशमा ट्रक सहचालकको रुपमा काम गर्छन्।
 
उक्त भिडीयोमा भाषा मंका खलका पुर्व अध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ र उनका परिवारका सदस्यहरु ति मजदुरमाथी आक्रामक र उग्र रुपमा प्रस्तुत भएको देखिन्छ। पानी छ्यापे लगत्तै बेनी नगरपालीका वडा न. ६ का वडा नागरीक मञ्चका संयोजक र नेपाल रेडक्रस सोसाईटी बेनी नगर उपशाखाका सभापति राजेन्द्रकुमार श्रेष्ठले केसीको गालामा थप्पड हानेको भिडियोमा देख्न सकिन्छ। केसीले थप्पड खाएपछि बाटा उनिहरुतर्फ फालेका थिए। त्यसपछि राजेन्द्रका छोरा जेनश पनि केसी माथी जाईलाग्छन्। बेनीको हुलाकचोक निबासी राजेन्द्र र कुबिर दाजुभाइ हुन्। त्यसपछि १०-१५ जनाले केसी माथि सामुहिक रुपमा कुटपीट गर्छन्।
 
नागरिक समाजका संयोजक समेत रहेका भाषा मंका खलका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, भिम एण्ड ब्रर्दशका सञ्चालक तारानाथ रेग्मी, भाषा मंकाखल अन्तर्गतको ल्याम पुचका अध्यक्ष सुबिन श्रेष्ठ लगायत केही व्यक्ति कुटपिटमा उत्रिएकालाई रोक्न र केसीलाई बचाउन खोजीरहेका देखिन्छन्। 
 
भिम एण्ड ब्रर्दशको अगाडी कुटपिटको घटना भैरहँदा केही माथि रहेको हिमचुली टेलर्सको अगाडी अर्को रोचक दृष्य देखिन्छ। त्यो दृश्य हो, कुबिरकुमार श्रेष्ठ, उनकी श्रीमती पानी छ्याप्न प्रयोग भएको बाटालाई पेटीमा पछार्दा नफुटेपछि कुबिर श्रेष्ठले ढुंगाले हानेर बिचमा प्वाल पारि गेटबाट भित्र फ्याकेका छन् ।
 
भाषा मंका खलले घाइते केसीको उपचार खर्च ब्यहोर्ने सहमती पछि प्रहरीले मुद्दा अघि बढाएको छैन्। कुटपिटको घटनामा संलग्नहरुलाई कानुनी हिसावले कुनै कारबाही नभएपछि उनिहरु आफ्नो कमजोरी महशुस गरि आगामी दिनमा सच्चिने भावना जाग्नुको साटो प्रोत्साहन मिलेजसरी प्रस्तुत भैरहेका छन सामाजिक सञ्जालमा। घटनाको प्रत्यक्षदर्शी र सो विषयमा समाचार लेख्ने पत्रकारहरुलाई फेसबुकमा तथानाम गाली गर्ने काम गरिरहेका छन्।    
 
होली पर्व न्यूरोड काण्ड थप हेर्नुहोस् भिडियोमा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ