arrow

अर्जेन्टिनामा 'ट्याङ्गो' नाच्दै अमेरिकी राष्ट्रपति ओबामा (भिडियो)

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Obama_Tango_Dance.jpg.jpeg
एजेन्सी। अर्जेन्टिना भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले रात्री भोजमा ट्याङ्गो नाच नाचेका छन्। अर्जेन्टिनी राष्ट्रपतिको निमन्त्रणामा रात्री भोजमा सरिक ओबामाले नृत्यंगनाको अनुरोधमा उक्त नाचमा सामिल भएका हुन्। अमेरिकी राष्ट्रपतिकी पत्नी तथा प्रथम महिला मिचेल ओबामाले पनि नृत्यमा साथ दिएकी थिईन्। 
 
ट्याङ्गो नाच अर्जेन्टीनी परम्परागत नृत्य हो जुन जोडीमा नाचिने गरिन्छ। अर्जेन्टिनाको उरुग्वेसँगको बोर्डरस्थित सन् १८८०मा रिभर प्लेटमा उक्त नृत्यको उद्गम स्थल मानिन्छ। 
 
रात्रीभोजमा व्यवसायिक जोडी नाचिरहेको स्थितीमा नृत्यंगनाले बाराकलाई नाच्न अनुरोध गरेकी थिईन भने नर्तकले मिचेललाई अनुरोध गेका थिए। एकछिन अफ्ठ्यारो माने जस्तो गरेपनि बाराक ओबामाले लय सामातेका थिए । 
 
हेरौं उक्त नाचको भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ