arrow

रारादेखि छायानाथ घुम्न हेलिकप्टर प्याकेज

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
rara-lake-trek.jpeg

मुगु । मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ ।

हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो सेवा शुरु गर्न लागिएको हो ।

महादेवले सतीदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अङ्ग पतन भएको र विश्वका चार वटा मुख्य धाममध्ये जेठो मानिएकाले पनि यसको विशेष महत्व रहेको छ । हेलिकप्टर यात्रामा ३० मिनेटमै छाँयानाथको दर्शन गरी हिमशृङ्खलाको अवलोकन गन पाइनेछ । यो प्याकेजका लागि प्रतिव्यक्ति शुल्क रु ३५ हजार लाग्ने कार्कीले बताए  । भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान विशेष प्राथमिकता दिइ सरकारको ध्यान केन्द्रित गराइने कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ