arrow

राजतन्त्रको पक्षमा हतियार उठाउने घोषणा

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
raja.jpg.jpeg
काठमाडौ। शाही यूवा शक्ति नेपालले आगामि जेठ १५ गते भित्रमा राजतन्त्र पुर्नस्थापित गर्ने लक्ष्यसहित आन्दोलनको घोषणा गरेको छ।  बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सस्थाले राजतन्त्र पुर्नस्थापनाकोलागि राजधानी केन्द्रीत सडक संघर्षको घोषणा गरेको हो। जसको सुरुवात आगामि चैत्र १२ गते राजधानीमा गणतन्त्रका विरुद्ध र राजतन्त्र पुर्नबहालीको पक्षमा विरोध सभा गरेर हुने छ । सो दिन ३ बजे न्यूरोड पिपलबोटमा भेला भएर विरोध सभा गरिने छ । 
 
पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष पशुपति खड्काले गणतन्त्र विदेशीले लादेको एजेण्डा भएको भन्दै त्यसलाई कुनै पनि हालतमा विस्थापित गरे नेपाली माटो सुहाउँदो राजसस्थाको पुर्नस्थापनाकोलागि आफुहरु कुनै पनि बलिदानी दिन तयार रहेको स्पष्ट पार्दै आवश्यक परे हतियार उठाउने घोषणा गरे । 
 
उनले भने,‘ जनआन्दोलनको एजेण्डा अर्कै थियो । जवरजस्ती जनभावना विपरित गणतन्त्र ल्याइयो । यसले एउटा द्धन्दको अन्त्यको नाममा अर्को द्धन्दको विऊ रोपेको छ । नेपालको माटो सुहाउँदो ब्यवस्था भनेको राजासहितको प्रजातन्त्र हो । त्यसको स्थापनाकोलागि हामी जस्तो सुकै बलिदान दिन पनि तयार छौ ।’
 
उनले थपे,‘ मरिसकेको संसदीय ब्यवस्था त पुर्नस्थापना भयो भने राजतन्त्रत अहिले मुर्छित भएको, निदाएको र ईन्जेक्सन लगाएर बेहोस बनाएको अवस्थामा मात्रै छ । पुर्नस्थापना हुन्छ हुन्छ ।’
 
महासचिव कृष्ण थापाले चैत्र १२ गतेको विरोधसभापछि जेठ १५ भित्र राजतन्त्र पुर्नस्थापना गर्ने गरी जनमत तयार गर्न राजधानी केन्द्रीत कार्यक्रमलाई तिब्रता दिन लागेको जानकारी दिदै राजतन्त्रलाई पाँखा लगाएर निर्माण गरिएको संविधान कार्यान्वयन हुनै नसक्ने ठोकुवा समेत गरे । 



नयाँ