arrow

पौडेललाई भावी प्रधानमन्त्री बनाउन देउवाकहाँ 'डेलिगेशन'

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको ढोका खोल्ने संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले आग्रह गरेका छन्।  
 
सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गरेका हुन्। पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो। 
 
उनिहरुको आग्रहलाई सभापति देउवाले सकारात्मक रुपमा लिँदै साथीहरुसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिनुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। 
काँग्रेसको संसदीय दलको निर्वाचन यही महिनाको तेस्रो हप्ता गर्ने तयारी छ। 
 
निर्वाचनका लागि नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तीन सदस्यीय निर्वाचन समिति बनाएको छ। केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा रहेको समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे छन्। समितिले यसै हप्ता बैठक बसेर निर्वाचनको मिति घोषणा गर्ने समितिका सदस्य पाण्डेले जानकारी दिए। 
 
व्यवस्थापिका–संसद्को आधिकारिक वेभसाइटका अनुसार काँग्रेसका अहिले १९८ जना सांसद छन्। तीमध्ये १०६ जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने ९२ जना समानुपातिक तर्फबाट सांसद छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ