arrow

भारतलाई अमेरिकाको फेरि चेतावनी, 'रुससँग एस-४०० मिसाइल नकिन्नु'

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
s-400-russia-defence-missile.jpg

वाशिङ्गटन। ट्रम्प प्रशासनले एक पटक फेरि भारतलाई चेतावनी दिएको छ। रूसको साथ हुनलागेको एस-४०० मिसाइल रक्षा प्रणाली सम्झौताबाट रोक्नको लागि अमेरिकाले कोशिस गरिरहेको छ। अमेरिकाले भनेको छ, 'यो फैसला लामो समयसम्म भारतको हितमा हुनेवाला छैन।

यसले भारतको साथ उसको रणनीतिक साझेदारीमा असर पार्ने चेतावनी समेत दिएको छ।' अमेरिकाका विदेश मन्त्री माइक पोन्पियोको भारत भ्रमणभन्दा पहिले ओसाकामा जी-२० सम्मेलनको समयका क्रममा पीएम मोदी र ट्रम्पको भेट हुने तयारी हुँदैछ। 

अमेरिकाका ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एशियाका प्रमुख अलाइस वेल्सले दक्षिण एशियाका देशहरुले आफैं निर्णय लिन सक्ने बताएका छन्। उनले भनेका छन् 'सम्झौताका अनुसार अमेरिकासँग भारतले ज्यादा हतियार खरिद गर्नुपर्ने हो तर भारतले रूससँग एस-४०० मिसाइल रक्षा प्रणाली खरिद गर्ने प्रयास गरिरहेका छन्।' 

उनले भनेका छन् 'यस सरकारको उद्देश्य भारतको रक्षा सम्झौतामा मद्दत गर्नु हो र रक्षा सम्झौताको मामलामा अमेरिका भारतको सबैभन्दा ठूलो सहयोग गर्नु हो।' उनले रूसको साथ भएको सम्झौताले भारतमाथि अमेरिकाको सहयोगमा असर पार्नेछ। अमेरिकाले भारतलाई एस-४०० को ठाउँमा प्याट्रियाट-३ मिसाइल खरिद गर्न पनि अफर गरेको छ। ट्रम्प प्रशासनले संकेत दिएको छ, अमेरिका दिल्लीको टर्मिनल हाई अल्टिच्यूड एरिया डिफेन्स र प्याट्रियाट-३ बेच्न चाहन्छ। 

राष्ट्रपति पुटिन र पीएम मोदीकाबीच व्यापक चर्चापछि ५ अर्ब डलरको सम्झौता गरिएको छ। जसमा एस-४०० रक्षा प्रणालीको खरिद सम्झौता छ। एस-४०० मिसाइल रक्षा प्रणाली सम्झौताको परिणाम अमेरिकी प्रतिबन्धहरुको रूपमा समेत सामना गर्नुपर्न सक्छ। जस्तो कि प्रशासनले सहयोग घटाउने संकेत समेत दिएको हो। रूस भने लामो समयदेखि भारतको सहयोगी बन्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ