arrow

कोमामा पुग्यो पश्चिम बंगालको स्वास्थ्य सेवा, ७०० डाक्टरले पदबाट दिए राजीनामा 

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
mamata-banarji1.JPG

कोलकाता । पश्चिम बंगालमा दुई जुनियर डाक्टरहरुमाथि भएको हिंस्रक हमलापछि सुरु भएको आन्दोलन लगातार बढिरहेको छ । शुक्रवार बंगाल बाहिर समेत कैयौं राज्यमा आन्दोलनरत डाक्टरलाई समर्थन मिलेको छ । दिल्ली, मुम्बई समेत तमाम शहरहरुका ठूला ठूला अस्पताल बन्द रहेका छन् । अहिले पश्चिम बंगालमा यो समस्या लगातार बढिरहेको छ । जसका कारण पूरा स्वास्थ्य अवस्था समेत धरमराएको छ । 

एम्स असोसिएशनको २ दिनको अल्टिमेटम 
हिंसाको शिकार भएका साथीहरुप्रति समर्थन जनाउँदै बंगालका ७०० सरकारी डाक्टरहरुले राजीनामा दिएका छन् । यस मामलालाई लिएर सरकार शुक्रवारदेखि दिशाहीन देखिएको छ । बिहीबार एसएसकेएम हस्पिटललाई यो स्थितिमा पुर्याएको आरोप लागेका ममता बनर्जी सरकार अहिले पूरा रुपमा शान्त रहेको छ। यसबीच, ज्यादातर डाक्टरहरुले काममा फर्किनको लागि सीएम ममता बनर्जीले माफी माग्नु पर्ने शर्त राखिएको छ । यति मात्रै होइन दिल्ली स्थित एम्सका डाक्टरको असोसिएशनले समेत ममता सरकारलाई दुई दिनको अल्टिमेटम दिएका थिए । उनीहरुले भनेका छन् 'यदि दुई दिनमा पश्चिम बंगाल सरकारले माग स्वीकार गरेको छैन । फेरि एम्समा समेत अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।' 

अहिले शुक्रवारको साँझसम्म बदल्न र तृणमूलका नेताहरुको आक्रोश अहिले केही नरम भएको छ । मन्त्री पार्थ चटर्जी र फिरहाद हाकिमले डाक्टरहरुको समर्थनमा बयान दिँदै हिंसाको निन्दा गरिएको छ। यसका साथ नै उनले डाक्टरसँग काममा फिर्ता गर्न गुहार मागेका छन् । 

एकै दिनमा ७०० डाक्टरको राजीनामा दिनु अप्रत्याशित हो । वास्तवमा डाक्टरहरुको आक्रोश बिहीबार ममता बनर्जीले दिएको अर्को बयानले आन्दोलनकारी भड्किएका हुन् । जसमा उनले भनेकि थिइन् कि डाक्टर या त ४ घण्टा काममा फर्किउन् होइन भने एक्शनको लागि तयार रहन पनि चेतावनी दिएकी थिइन् । ममताको धम्कीले जुनियर डाक्टरहरुले आफ्नो आन्दोलनलाई झनै चर्काएका छन्। उनीहरुलाई तमाम सिनियर डाक्टरहरुले समेत समर्थन गरेका थिए । 

सोही दिन एनआरएस मेडिकल कलेजका प्रिन्सिपल र भाइस-प्रिन्सिपलले समेत राजीनामा दिएका छन् । यसका अलावा कलेज अफ मेडिसिन एण्ड सागर दत्त हस्पिटलका समेत २१ सिनियर डाक्टरहरुले आफ्नो नौकरी छोडेका छन् । शुक्रवार आरजी कर मेडिकल कलेजका १०७ डाक्टरहरुले आफ्नो राजीनामाका साथ एक पटक फेरि विरोध बढाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ