पाकिस्तानको आतंकवादविरुद्धको कारबाही पर्याप्त भएन : अमेरिका
प्रकाशित २०७६ जेठ ३२ शनिबार
987
Shares
काठमाडौं। पाकिस्तानले भारतको पुलवामामा भएको आक्रमणपछि आतंकवादविरुद्धको कारबाही बढाएको छ। तर, यो कदम पर्याप्त नरहेको अमेरिकाले बताएको छ। बुधबार अमेरिकी वरिष्ठ अधिकारीले पाकिस्तानी नेतृत्वले मुलुकभर आतंकवादविरुद्धको आक्रमण रोक्न उचित कदम चाल्नुपर्ने बताएका छन्।
पाकिस्तानमा रहेका लश्कर–ई–तालिबा र जैश ई मोहम्मदजस्ता संगठनले अन्तर्राष्ट्रिय क्षेत्रलाई जोखिम रहेको अमेरिकाको एसिया हेर्ने विभागका एक अधिकारी एलिस जी वेल्सले बताएकी हुन्। पाकिस्तानले पुलवामा आक्रमणपछि आफ्नो मुलुकमा आतंकवादविरुद्धको कारबाही तीव्र गतिमा अघि बढाउनुपर्नेमा त्यसो गर्न नसकेकोउनको भनाइ छ। विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले पुलवामा आक्रमणपछि आफ्नो आतंकवादविरुद्धको कारबाही बढाउनुपर्नेमा त्यसो गर्न नसकेको बताएकी हुन्।
अमेरिकाले पाकिस्तानी नेतालाई नियमितरुपमा सन्तुलित तथा महत्वपूर्ण कदम चाल्न आग्रह गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। यो पाकिस्तानको स्थायित्व र समृद्धिको आवश्यक रहेको बताइएको छ। पछिल्लो केही महीनायता पाकिस्तानले आतंकवादी पक्राउ गर्ने र उनीहरुको सम्पत्ति जफत गर्ने, आतंकवादविरुद्ध लड्न कोष बढाउनेजस्ता काम गर्दै आएको छ। तर, अझै पनि पाकिस्तानले पर्याप्त कदम चाल्न नसकेको वेल्सले बताएकी हुन्।
बहुपक्षीय हिसाबमा गत मेमा संयुक्त राष्ट्रसंघले जेइएमका नेता मासूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेको थियो। १० वर्षदेखि उनलाई अन्तर्राष्ट्रि आतंकवादी घोषणा गर्नमा धेरै कठिनाइ आइरहेको थियो। उनलाई यो सूचीमा राख्नुले अन्तर्राष्ट्रिय समुदायले आतंकवाद नसहने स्पष्ट संकेत दिएका थिए। वेल्सका अनुसार अमेरिकाको पाकिस्तानसँगको सम्बन्ध निकै जटिल रहँदै आएको छ। वेल्सले दक्षिण एसियामा आतंकवादविरुद्धको अभियानमा अमेरिकाको विशेष चासो रहँदै आएको बताइन्। उनका अनुसार अमेरिकाले पाकिस्तानको केही विधाका न्युक्लियर हतियार र आपूर्ति प्रणालीको विषयमा पनि सशंकित रहेको उल्लेख गरिएको छ।
विशेषगरी अफगानिस्तानको आतंकवादको कुरा उसका लागि निकै महत्वपूर्ण मुद्दा बन्ने गरेको छ। पाकिस्तानको माध्यमबाट अफगानिस्तानको आतंकवादको समस्या समाधान गर्ने नीतिमा अघि बढिरहेको छ। यसैबीच पाकिस्तानसँग पनि अमेरिकाको धेरै विषयमा सहमति जुटिसकेको उल्लेख गरिएको छ। आगामी वर्षको बजेटमा अमेरिकाले निशस्त्रीकरण तथा क्षमता अभिवृद्धिको कार्यक्रम अघि सार्ने तयारी गरेको वेल्सको भनाइ छ। साथै पाकिस्तानसँग सम्बन्ध सुधारको योजनामा छ। अमेरिका अहिलले दुवै मुलुकको साझा समस्या समाधान गर्ने विषयमा पनि विचार गरिरहेको उनको भनाइ छ।