arrow

सडकमा पीडित पुरुषहरुको प्रदर्शन, ओबेराय र पूजा बेदीले दिए धर्ना

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
men-too.JPG

काठमाडौं । शनिवार विहान विभिन्न भारतीय कलाकारहरु सहित अलग-अलग फिल्डका मानिसहरुले मुम्बईको आजाद मैदानमा  #MenToo मुभमेन्टको समर्थन गरेका छन् । त्यहाँ कानूनलाई गलत व्याख्या गरेर पीडित गराइएका पुरुषहरुको समर्थनमा शान्तिपूर्ण धर्ना दिएका हुन् । यस धर्नामा पूजा बेदी सहित कैयौं पुरुष अधिकारकर्मीहरुको समेत उपस्थित थिए । यो धर्ना केही महिलाहरुद्वारा पुरुषको कानूनलाई गलत प्रयोग गरेर फसाएको मामलामा जागरुकता ल्याउनको लागि गरिएको थियो । 

बम्बे टाइम्ससँगको कुराकानीमा करण ओबेरायले भने, 'गलत तरिकाले मलाई रेपको आरोपी बनाए । यसबाट मलाई महसुस भयो कि म यस्तो मामलामा एक्लो पीडित होइन । यस्तो धेरै भन्दा धेरै पुरुषहरु रहेका छन् । जसलाई अपराधको आरोपी बनाइएको छ । जुन काम उसले कहिलै पनि गरेको हुँदैन । म यो #MenToo मुभमेन्टको सपोर्टमा यहाँ आएको हुँ किनकी मलाई लाग्छ कसैलाई पनि न्याय उसको लिंगको आधारमा दिनु हुँदैन । यदि कानूनको गलत प्रयोग गरेर कुनै पनि पुरुषलाई पीडित बनाइएको हुन सक्छ।' 

यो धर्ना वास्तव फाउण्डेशन नामको संस्थाद्वारा आयोजित गरिएको थियो । यस धर्नामा कैयौं सर्वसाधारण मानिसहरुका साथै अधिकारवादीहरु बरखा त्रेहन, अमित देशपाण्डे र थिअटर पर्सनालिटी डाली ठाकोर लगायतले समान अधिकारको माग गरेका छन् । 

केही दिन पहिले एक महिलाले एक टीभी ऐक्टर करण ओबेरायमाथि बलात्कारको र अवैध असूलीको आरोप लगाएकी थिइन् । यस मामलामा करणलाई कैयौं दिनसम्म हिरासतमा राखिएको थियो । करणलाई ७ जूनमा हाई कोर्टबाट जमानतमा रिहा गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ