एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्ध : राष्ट्रपति सी
सिन्ह्वा,
प्रकाशित २०७६ जेठ ३२ शनिबार
636
Shares
ताजकिस्तान। चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गरेका छन्।
शनिबार ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित एशियाली मुलुकबीच विश्वास निर्माणका लागि भएको एक सम्मेलनमा उहाँले यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न र सिर्जनात्मकरूपमा एशियाको निर्माण गर्न चीन सधैँ प्रतिवद्ध रहने पनि बताउनुभयो । उहाँले ‘बेल्ट एण्ड रोड कोअपरेसन’ मार्फत बजारलाई थप विश्वशनीय बनाउनका चीनको विशेष पहल भइरहेको पनि उहाँले बताउनुभयो ।
“एशिया वर्तमान विश्वको सबैभन्दा ठूलो विकासशील जीवनशैली र निश्चित शक्ति रहेको क्षेत्रहरुमध्ये एक हो तर यसले असामान्य आर्थिक विकास, सुरक्षा र प्रशासनका मुद्दाहरू जस्तै चुनौतिहरूको सामना पनि गरिरहेको छ,” राष्ट्रपति सीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०१५देखि एशियाली मुलुकले सहयोगको विचार र सहयोग अनुभव आदानप्रदान गरिरहेको तर सम्बन्धित पक्षहरुसँग एशिया पारस्परिक सहयोग तथा विश्वासको प्रक्रियालाई अझ अघि बढाउन पहल गरिनुपर्ने देखिएको छ ।”
एशियाली मुलुकले संयुक्त, मैत्रीपूर्ण,सहयोगात्मक र दीगो भन्ने नयाँ सुरक्षा अवधारणालाई व्यवहारमा उतार्नुपर्ने पनि सीले उक्त अवसरमा बताउनुभयो ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँगको मैत्रीपूर्ण सहयोग बढाएर सम्बद्ध मुलुकसँगको भौगोलिक सार्वभौतिकता र समुद्री अधिकार विवादको शान्तिपूर्ण रूपमा समाधान गर्ने र वार्ता तथा सल्लाह गरी क्षेत्रीय मुद्दामा समाधान खोज्ने बताउनुभयो।