arrow

डाक्टरसामु झुकिन् ममता : पत्रकारहरुसँग गरिन् यस्तो गुनासो 

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
mamata.jpg

कोलकाता । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी हड्तालमा उत्रिएका डाक्टरहरुको सबै मागलाई मान्दै उनीहरुलाई फेरि काममा उत्रिन आक्रमण गरेका छन् । उनले हिंसाको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भनेका छन् कि यस मामलामा छिट्टै समाधानमा पुग्ने आश्वासन दिएकी छिन् । ममताले डाक्टरहरुलाई बैठकको लागि बोलाएकी थिइन् । तर, डाक्टरहरुले बैठकमा जाने इनकार गरेका थिए । ममताले भनिन् कि डाक्टरहरुलाई संवैधानिक संस्थाको सम्मान गर्नुपर्छ ।   

ममताले प्रेस कन्फ्रेन्स गर्दै भनिन् कि, 'डाक्टरका साथ भएको कुटपीट दुर्भाग्यपूर्ण हो। हाम्रो सरकार यो मामला सुल्झाउनको लागि हर सम्भव प्रयास गरिरहेको छ । हामीले डाक्टरहरुसँग कुरा गर्ने प्रयास गरिरहेका छौं । तर हामीले प्रतिबद्धता जाहेर गर्दा पनि डाक्टरहरु वार्तामा आएनन् । यस हड्तालको कारण गरिबहरु उपचारको अभावमा तड्पिइरहेका छन् । कम से कम अस्पतालमा इमर्जेन्सी सेवा त जारी राख्नु पर्छ नि। हामी राज्यमा एस्मा ऐक्ट लागू गर्न चाहँदैनौं ।' 

'न कसैलाई पक्राउ गरिन्छ, न त कसैलाई कारबाही गरिन्छ' 
ममता भनिन्, 'हामी डाक्टरका सबै माग मान्छौ। मैले आज र हिजो पनि आफ्ना मन्त्रीहरु, चीफ सेक्रटरीलाई डाक्टरहरुसँग भेटघाट गर्न पठाएका थिए । उनले डाक्टरको प्रतिनिधिमण्डलसँग भेटन्को लागि ५ घण्टासम्म कुरेर बसे तर उनीहरु आएनन् । 

'घटना दुर्भाग्यपूर्ण, काममा फर्किउन् डाक्टर' 
सीएम ममता बनर्जीले भनिन्, 'राज्य सरकार छिट्टै सामान्य चिकित्सा सेवामा फेरि शुरू गराउनको लागि प्रतिबद्ध छन्। १० जूनको घटना दुर्भाग्यपूर्ण थियो। हामी लगातार समाधानको कोशिश गरिरहेका छौं । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ