arrow

भारतीय राजदूत रायले मोर्चा नेतालाई छानी–छानी किन बोलाए दूतावास ? को–को गए दौडेर ? कुरा के भो ?

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Ranjit_ray_.jpg.jpeg
काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई दूतावासमै बोलाएर छलफल गरेका छन् । यद्यपि, रायले मोर्चामा आवद्ध सात दल मध्ये छानीछानी बोलाएका बताइएको छ । लैनचौरस्थित दूतावास पुग्नेमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई मधेस सद्भावना पार्टीका नेता राम नरेश राय रहे । नेपाल सद्भानवनाका अध्यक्ष अनिल झालाई भने रायले बोलाएनन् । छलफलमा महेन्द्रराय यादव र शरदसिंह भण्डारी पनि गएनन् । 
 
भारतीय राजदूतावासको निम्तोमा उनीहरुबीच लञ्चमा छलफल भएको हो । आफ्ना पार्टीका तल्लो तहका नेता कार्यकर्तालाई नै थाह नहुने गरी सुटुक्क दूतावास छिरेका उनीहरुबीच प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा भएको सम्झौता र त्यसले नेपालमा पार्ने दिर्घकालिन प्रभाव तथा मधेस आन्दोलन लगायतका विषयमा छलफल भएको बुझिएको छ । 
 
यद्यपि, भेटमा सहभागि तराई मधेस सद्भावना पार्टीका नेता राम नरेश रायले राजदूतले आफूहरुलाई होलीको शुभकामना आदानप्रदानको लागि बोलाएको बताएका छन् । उनले राजदूतसंग सामान्य कुराकानी भएको सुनाए । यद्यपि, भेटमा सहभागि नेताहरुले भेटबारे कसैलाईपनि जानकारी गराएका छैनन् । सल्लाहकार तथा स्वकीय समेत भेटबारे अनविज्ञ रहे । 
 
केही मधेसी नेताहरुले नै आन्दोलनका नाइके नेताहरु दूतावास गएको जानकारी  मात्रै पाएको अन्य विषय थाह नभएको बताए । राजदूत रायले होलीको शुभकामना दिन बोलाएकै भए मोर्चाका सबै नेताहरुलाई बोलाउनु पर्ने, त्यसो भने भएन । कुन् राजदूतसंगको भेट ? भारतीय दूतावास पुगेको भनिएका नेपाल सद्भानवनाका अध्यक्ष अनिल झाले आश्चर्य मान्दै भने, ‘कसैले बोलाएको छैन, अरु गएको बारे मलाई जानकारी छैन, मलाई बोलाए पो जानु ।’ झाले हाँस्दै भने,  ‘त्यत्रो ठूल–ठूलो वाल छ कसरी छिर्नु, बरु चीनियाँ राजदूतसंग भेट भएको थियो, इन्डियनले बोलाएनन् ।’ 
 
भेटबारे मोर्चाको दोस्रो तहका नेताहरुलाई समेत जानकारी छैन । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण वीरगन्ज पुगेका छन् । संघीय समाजवादी फोरमका अध्यक्षकै प्रेस सल्लाहकारले समेत नेताहरु भारतीय दूतावास गएको सुनेको तर, बैठकबारे जानकारी नभएको बताए । तमलोपा अध्यक्ष महन्थ ठाकुरका स्वकीयले फोन विच्छेद गरेर स्वीच अफ गरिदिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ