arrow

तेल चोरीमा संलग्न ट्ंयाकर मज्दुरको रिहाईका लागि पेट्रोलियम ढुवानी बन्द, पूर्वका १२ जिल्लामा इन्धन अभाव

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत ११ बिहिबार
tel-chori.jpg.jpeg
विराटनगर । ट्यांकर मजदुरहरुको रिहाइको माग गदै पेट्रोलियम  ढुवानी चालक संघले विगत तिन दिन देखि  विराटनगरमा इन्धनको ढुवानी बन्द गरेका छन् । चालक संघको बन्दका कारण  पूर्वाअञ्चलका १२ जिल्लामा तीन दिन देखि विराटनगर स्थित अइल निगमबाट  इन्धन ढुवानी हुन नसकेपछी पेट्रोलियम पर्दाथको अभाव सिर्जना भएको छ । 
 
इन्धनको कालो बजारीमा सलग्न भएको आरोपमा मुद्धा चलाइएका ट्यांकर मजदुरलाई छोड्न दबाब दिँदै चालक संघले इन्धनको ढुवानी बन्द गरेको हो  । भारतको वरौनीबाट इन्धन ल्याएपनि चालकहरुले नेपाल अइल निगमको क्षेत्रीय डिपोमा इन्धन खाली गर्ने र डिपोबाट इन्धन अन्यत्र लाने काम रोकेको निगमका क्षेत्रिय प्रमुख भुवन रेग्मीले जानकारी दिए । 
 
बजारमा इन्धनको सहज आपुर्ति भई नसकेको अवस्थामा चालकहरुले गरेको ढुवानी बन्दले इन्धनको आपूर्तिमा थप समस्या ल्याएको रेग्मीको भनाइ छ  । विराटननरस्थित निगमको क्षेत्रीय डिपाले कोशी र सगरमाथा अञचलका पेट्रोल पम्पहरुलाई  इन्धन वितरण गर्दै आएको छ । एक साता अघि विराटनगरको धिताल पेट्रोल पम्पबाट टं्याकरमा डिजल हालिरहेको अवस्थामा १९ हजार लिटर बढी डिजलको ट्ंयाकर र चालकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई मोरङ प्रहरीले कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ