arrow

अदालतमा बोलाएपछि यसरी पहिचान भयो गाईको मालिक

logo
प्रकाशित २०७६ असार १ आइतबार
cow.jpg

राजस्थान। राजस्‍थानको जोधपुर जिल्लाको एक स्‍थानीय अदालतमा एक गाई मानिसहरुकोबीच कौतूहलताको विषय बन्यो। यस गाईको स्वामित्वको विषयमा एक वर्ष अघिदेखि दुई पक्षबीच विवाद चलिआएको नवभारत टाइम्सले जनाएको छ। दुबै पक्षले यसको हलको लागि अदालतको शरण लिएका थिए। अन्ततस् अदालतले सबै सबूतहरुलाई ध्‍यान राख्दै यस गाईलाई ओम प्रकाशको जिल्लामा सुम्पिएका छन्।

शुक्रवार जोधपुरको एक अदालतमा माहोल अरुदिनको भन्दा केही भिन्न थियो । एक वर्षदेखि चल्दै आएको त्यो गाईको विवादको लागि गाई स्वयंलाई पेश गरिएको थियो । यस गाईको स्‍वामित्‍वलाई लिएर दुई ओम प्रकाश र श्‍याम सिंहको बीच विवाद चलिरहेको थियो । प्रहरीको धेरै लामो प्रयासपछि पनि यो विवाद सुल्झिईरहेको थिएन । 

के गाई आफ्नो दूध आफैं पिउँछ ? 
शुक्रवार यस गाईलाई अदालत समक्ष पेश गरिएको थियो । दुबै पक्षका वकिलहरुले बताए अनुसार सबै सबुतहरुलाई ध्यानमा राख्दै अदालतले सो गाई ओम प्रकाशको नाममा हुने बताएको थियो । यो मामला अदालत पुग्नु भन्दा पहिले एक पक्षले दाबी गरेको थियो कि यो गाई आफ्नो दूध आफैं खान्छिन् । यसबारेमा गाईलाई मण्डोर गौशालामा राखिएको थियो । त्यहाँ सीसीटीभी क्यामेरा पनि लगाइएको थियो । ताकि सो बारे सबै निगरानी गर्न सकियोस् । तर, यसबाट मात्रै पनि केही काम बन्न सकेन । 

त्यसपछि सो मामला अदालत पुगेको थियो । त्यसपछि अदालतले वकिलले पेश गरेको सबुतलाई समेत ध्यान दिँदै स्वयं गाईलाई इजलास कक्षमा झिकाउन भनेका थिए । सोही गाईको उपस्थितिमा यसको फैसला भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ