arrow

कार बम विस्फोटनमा परी १० जनाको मृत्यु

logo
प्रकाशित २०७६ असार १ आइतबार
car-bomb-somalia.jpg

मोगादिसु । कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  

सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भने, “नौ जनाको मृत्यु  भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।”

प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो विस्फोटनमा आक्रमणकारीको पनि मृत्यु भएको छ ।

घटनामा परी घाइते भएका एक जना घाइतेलाई सुरक्षाकर्मीले पक्राउ पनि गरेका छन् । लडाकूहरुले विस्फोटन गराएपछि राजधानी जाने मुख्य बाटो बन्द भएको थियो ।
अलकायदा सम्बद्ध अल शबाब नामक समूहले घटनाको जिम्मेबारी लिएको छ ।  सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ