arrow

कसले जित्ला भारत-पाक विश्वकप ? सट्टेबजारमा १ अर्बको कारोबार

logo
प्रकाशित २०७६ असार १ आइतबार
IndiavPakistan.jpg

नयाँ दिल्ली। आईसीसी विश्व कप-२०१९ मा भारत र पाकिस्तानको म्याच आइतबार चल्दैछ । मेनचेस्टरमा हुन लागेको सो खेलका लागि प्रहरीको अनुमान अनुसार दिल्ली एनसीआरमा सट्टा बजारमा करोडौं रुपैयाँको खेल चलिरहेको छ । प्रहरीको अनुमान अनुसार सो खेलको लागि १०० करोडको सट्टेबजार चलेको छ । भारतीय समाचार संस्ठा एनडिटिभीका अनुसार फरीदाबाद, गाजियाबाद, नोएडा र गुरुग्राम जस्ता दिल्लीसँग नजिक रहेको इलाकामा नेटवर्क एकदमै मजबूत रहेको छ । 

प्रहरी उपायुक्त मधुर वर्माले भनेका छन्, "आइतबार भारत-पाकिस्तानको बीच हुनेवाला खेललाई लिएर हाम्रो नजर सट्टेबाजीमा पनि परेको छ । हामी हर तरिकाले उनीहरुलाई देखिरहेका छौं । हामी पाँच तारे होटल, गेस्ट हाउस, खासगरी करोल बाग र पुरानो दिल्लीको इलाकामा कडा नजर दिइरहेका छौं । यो इलाका ठूलो सट्टेबाजीको लागि बढी चर्चित छ । यो सट्टेबाजको नेटवर्क एकदमै मजबूत हुन्छ । जसलाई पक्राउ गर्नको लागि एकदमै मुस्किल हुन्छ ।''

वर्माले भने, "पहिले, पुलिसले उत्तरी दिल्लीबाट केही ठूलो सट्टेबाजलाई पक्रिएको थियो । जसको साथमा मुश्किल इन्टरनेट सफ्टवेयर थियो । जो सट्टेबाजीको लागि फोनसँग जोडिएको थियो ।"

प्रहरी स्रोतका अनुसार सट्टाबाजारमा भारतको पल्ला भारी छ। त्यहीँ सट्टा केवल खेलको परिणाममा मात्रै होइन । एक एक ओभर र कसले कति रन बनाउँछ भन्नेमा समेत राखिएको छ । यसकार साथै भारतले कति ओभर र कति विकेटमा जित्छ ? भन्नेमा समेत राख्ने गरिएको छ । 

एक सट्टेबाजले भनेका छन्, "आईपीएल म्याचको जस्तै, यस विश्वकपमा समेत कलेजका छात्र, व्यवसायी, होटलका मालिक, क्रिकेट प्रशंसक, व्यापारी, कर्पोरेट महिलाहरु,  कारोबारी साथमा रहेका छन् । उनीहरु मध्ये ६० प्रतिशतको दाबी भारतले जित्नेमा रहेको छ । यो भारतको सट्टेबजार रहेकोले हो । यद्यपि पाकिस्तानमा पाकिस्तानले जित्नेमा यस्तै सट्टेबजार चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ