- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान सहितको वार्षिक बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेशसभामा पेश गरेको बजेट अनुसार प्रदेशले दुई तिहाई खर्च विकासका लागि छुट्टयाउँदै बजेट ल्याएको हो ।
प्रदेशले चालू आर्थिक वर्षको लागि कूल ९ अर्ब ८२ करोड मध्ये चालू खर्च तर्फ ३ अर्ब ५० करोड रुपैयाँ र पुँजीगत तर्फ ६ अर्ब ३१ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
त्यस्तै आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले कूल ३४ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा चालू खर्च तर्फ १३ अर्ब ५ करोड रुपैयाँ र पुँजीगत तर्फ २१ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वित्तीय व्यवस्था तर्फ ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
जुन खर्च पूरा गर्नको लागि २५ करोड १० लाख र राजश्व बाँडफाँटबाट प्राप्तहुने ७ अर्ब ४४ करोड र आर्थिक वर्षको खर्च नभई बाँकी रहेको ८ अर्ब लगायत रहेका छन् । कर्णाली प्रदेशको बजेटको पूर्णपाठ तल प्रस्तुत गरिएको छ ।