arrow

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कसमा कति ? 

logo
प्रकाशित २०७६ असार २ सोमबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । 

नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनै थरीमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ।

यो मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको हो । घटेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ।

इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।  

हवाइ इन्धन, तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको पनि आयल निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ