arrow

विश्वकपमा भारतद्धारा पाकिस्तानमाथि सबैभन्दा फराकिलो जित 

logo
प्रकाशित २०७६ असार २ सोमबार
india8.jpg

काठमाडौं । भारतले विश्वकप एक दिवसीय क्रिकेटमा पाकिस्तानमाथि अहिलेसम्मकै फराकिलो जित निकालेको छ ।

विश्वकपका आपसी भिडन्तमा अहिलेसम्म नहारेको भारतले पाकिस्तानलाई ८९ रनले पराजित गर्दै रनका आधारमा अहिलेसम्मकै फराकिलो जित र लगातार सातौं जित हासिल गरेको हो । 

इंगल्याण्डको म्यानचेस्टरमा आइतबार राति भएको खेलमा भारतले दिएको ३३७ रनको लक्ष्यसहित मैदानमा उत्रेको पाकिस्तानले वर्षाले गर्दा पूरा ओभर खेल्न पाएन । 

डीएल म्याथड अनुसार ४० ओभरमा झारिएको खेलमा पाकिस्तानले ३०२ रनको नयाँ लक्ष्य पाएको थियो  । पाकिस्तानले ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो ।

वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । 

 फकर जमानले ६२, बाबर आजमले ४८ तथा इमाद वासिमले नटआउट ४६ रन बनाए ।

भारतका डेब्यू खेलाडी विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा ३३६ रन बनाएको थियो । ओपनर रोहित शर्माले ११३ बलमा १४० रन बनाए । 

पहिलो विकेटका लागि लोकेश राहुलसंग १३६ रनको साझेदारी गरेका रोहितको यो जारी विश्वकपको दोस्रो शतक थियो ।

राहुलले ५७ तथा कप्तान विराट कोहलीले ७७ रन बनाए । 

पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए । 

जितसंगै भारतले ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ । समान अंकको न्यूजिल्याण्ड रन रेटमा दोस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । 

पाकिस्तानले ५ खेलमा ३ अंकमात्रै जोडेको छ र नवौं स्थानमा झरेको छ । 

विश्वकपमा भारतको पाकिस्तान विरुद्ध फराकिलो जित
भारतले सन् १९९२ मा ४३ रनले, १९९६ मा ३९ रनले, १९९९ मा ४७ रनले, २००३ मा ६ विकेटले, २०१५ मा ७६ रनले हराएको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ