arrow

विराट कोहलीले तोडे सचिनको कीर्तिमान 

logo
प्रकाशित २०७६ असार २ सोमबार
kohli3.jpg

काठमाडौं । विश्वकप क्रिकेट खेलिरहेका भारतीय टिमका कप्तान विराट कोहलीले भारतकै पूर्व खेलाडी सचिन तेन्दुलकरले कीर्तिमान तोडेका छन् । 

विश्वमै सर्वाधिक रन बनाएको कीर्तिमान राखेका सचिनले ११ हजार रन जोड्ने क्रममा बनाएको कीर्तिमान कोहलीले तोडेका हुन् । 

इंगल्याण्डमा जारी विश्वकप एक दिवसीयमा पाकिस्तान विरुद्ध ७७ रन बनाएपछि कोहलीले सबैभन्दा कम खेलमा ११ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । 

तेन्दुलकरले २८४ खेलमा ११ हजार रन बनाएका थिए भने कोहलीले मात्र २३० खेलमै यो उपलब्धि हासिल गरेका हुन् । 

११ हजार रन बनाउने खेलाडीहरु अहिलेसम्म ८ जनामात्र छन् । सचिन र कोहलीसंगै रिक्की पोन्टिङले २९५ खेलमा, सौरभ गांगुलीले २९८ खेलमा, ज्याक कालिसले ३०७ खेलमा, कुमार सांगाकाराले ३४० खेलमा, इन्जमाम उल हकले ३४९ खेलमा र सनथ जयसूर्याले ३६३ खेलमा ११ हजार रन पूरा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ