arrow

चीन सम्बन्धी विधेयक स्थगित हैन खारेजै गर्नुपर्ने भन्दै २० लाख हङकङका नागरिक सडकमा

logo
प्रकाशित २०७६ असार २ सोमबार
hongkong.jpeg

काठमाडौं । अपराध सम्बन्धी मुद्दामा आफ्ना नागरिकलाई चीनलाई सुपुर्दगी गर्ने सम्बन्धी विवादास्पद विधेयकको विरोध हङकङमा अझै जारी छ । र यो प्रदर्शनमा कीर्तिमानी २० लाख प्रदर्शनकारी सहभागी भएको दावी गरिएको छ । 

Protesters shine lights from their mobile phones during rally against a controversial extradition law proposal on 16 June 2019 in Hong Kong,

यो प्रदर्शनलाई हङकङको इतिहासमा सबैभन्दा ठूलो मानिएको छ । अहिलेसम्म २० लाख मानिसबीच प्रदर्शन भएको थिएन । यद्यपि सरकारी पक्षले भने ३ लाख ३८ हजारको संख्या बताएको छ । 

सरकारले विवादास्पद विधेयक स्थगित गरेको भए पनि खारेज नै गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । 

उनीहरुले हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयक खारेज नगरेसम्म प्रदर्शन नरोकिने चेतावनी दिएका छन् ।

प्रदर्शनकारीहरुले कार्यकारी प्रमुख क्यारी लामको राजीनामा समेत माग गरेका छन् । भिक्टोरिया स्क्वायरमा भेला भएर प्रदर्शनकारीले सरकारविरोधी नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । 

विधेयकको विषयमा प्रदर्शन चर्किँदै गएपछि गत शनिबार हङकङकी प्रमुख कार्यकारी क्यारी लामले तत्कालका लागि सुपुर्दगी विधेयक स्थगन गर्ने घोषणा गरेकी थिइन् । 

प्रदर्शनकारीहरुले भने अब कुनै बहाना नचल्ने भन्दै प्रदर्शनको मुख्य जिम्मेवार लाम नै भएको भन्दै उनको राजीनामा माग गरेका हुन् । 

कस्तो राष्ट्र हो हङकङ
सन् १८४१ देखि ब्रिटिश उपनिवेश अन्तर्गत संचालित थियो । सन् १९९७ देखि भने चीनको भागमा पर्न गयो । 

अहिले हङकङ चीनको भागको रुपमा गनिन्छ । यो एक राष्ट्र दुई नीति अन्तर्गत चल्दै आएको छ । 

तर यसको आफ्नै न्यायीक स्वतन्त्रता, विधायक र आर्थिक अवस्था रहेको छ । तर चीनले भने हङकङको युवा पुस्तालाई जितेर आफ्नो वशमा पार्ने प्रयासमा छ । 

चीनले त्यसैले पनि विशेष प्रशासनिक क्षेत्रलाई बोलाएर ठूलो स्वायत्तताको आनन्द लिन खोजिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ