arrow

सञ्चारमन्त्री राई भन्छन, ' अब पशुपतिनाथले रक्षा गर्ने दिन गए '

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
sher-dhan-rai.jpg.jpeg
काठमाडौं। सूचना तथा सञ्चार मन्त्री शेरधन राईले अब भगवान भरोसा र पशुपतिनाथले रक्षा गर्नेछन् भन्ने सोच र शैलीमा काम गर्ने दिन गएको बताएका छन्। 'अब पनि तपाइहरु भगवान भरोसा र पशुपतिनाथले रक्षा गर्नेछन् भन्ने सोच र शैलीमा काम गर्ने हो भने ति दिन गए ' मन्त्री राईले सिंहदरवारमा आयोजिक एक कार्यक्रममा भने। 
 
रेडियो नेपालका व्यवस्थापन सुधार कार्यन्वयन कार्ययोजना विहिवार सिंहदवारमा सार्वजनिक गर्दै मन्त्री राईले मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल धराशायी अवस्थामा पुगेको भन्दै अब अहिलेकै अवस्थामा रेडियो नेपाल रहन नसक्ने बताए। रेडियो नेपालको सुधारका लागि आफ्नो पालामै इतिहासमै पहिलो पटक कार्य योजना बनेकाले तत्काल सो योजना अनुसार कार्य थाल्न रेडियो नेपालको व्यवस्थापनलाई उनले निर्देशन दिए। ‘यो कार्य योजना संविधानसभाबाट जारी भएको संविधानको मर्म र संघीयताकमो भावना अनुसार ल्याइएको हो,म प्रत्येक महिना यसको प्रगति विवरण माग्नेछु’ मन्त्री राईले भने। 
 
उनले रेडियो नेपाल जस्तै नेपाल टेलिभिजन, गोरखापत्र, रासस लगायत निकायको कार्य योजना बनाएर अघि बढ्ने आफ्नो सोच रहेको बताए। मन्त्री राईले भने–अब भगवान भरोसा र पशुपतिनाथले रक्षा गर्नेछन् भन्ने सोच र शैलीमा काम गर्ने दिन गए, तपाइहरु आजबाटै कार्य योजना लागु गर्न खटिनुस नत्र दण्ड र पुरस्कारको भागिदार बन्नुपर्नेछ। आफूले नयाँ ढंगले काम गर्न चाहेको भन्दै मन्त्री राईले चाँडैनै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवामा लैजान ऐन मस्यौदा अघि बढेको जानकारी दिए।
 
वर्तमान सरकार जनताको समर्थन र नैतिक बलमा टिकेकाले अबको काम मुलुकको आर्थिक सम्बृद्धि र विकासमा केन्द्रित हुने बताए। रेडियो नेपालका व्यवस्थापन सुधार कार्यन्वयन कार्ययोजना विहिवार सिंहदवारमा सार्वजनिक गर्दै मन्त्री राईले जनताको नैतिक वलकै साथले अघोषित नाकाबन्दी समेत सरकारले सामना गर्न सकेको बताए।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल हुनुले नेपालको विकासको बहुआयामिक ढोका खुलेको भन्दै मन्त्री राईले नेपाल दुई ठूला छिमेकीसँगको सम्बन्धलाई नयाँ उचाईमा लैजान प्रयत्नशील रहेको बताए। सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले भने–सरकार अब दुई ठूला छिमेकीसँग समान र विशिष्ठ प्रकारको सम्बन्ध अघि बढाउदै मुलुकलाई तीब्र विकासको बाटोमा अघि बढाउन खोज्दैछ।
 
सो अबसरमा सन्चार मन्त्रालयका सचिव एबम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष दिनेश थपलियाले कार्य योजना अनुसार रेडियो नेपाल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले सबैले मन्त्रीको सोच अनुसार अघि बढ्नुपर्ने भन्दै रेडियो नेपाल अब संघीय स्वरुप अनुसार सातै प्रदेशमा क्षेत्रीय प्रसारणका साथ अघि बढ्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ