arrow

भेनिसा हत्याका आरोपीले यौन क्रियाकलाप गर्न नमानेपछी हत्या गरेको बयान दिए

फेसबुकबाट चिनेका साथीहरुको हर्कत

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
tuti-hathkadi.jpg.jpeg
काठमाडौं । महानगरीय अपराध महाशाखाले गत फागुन १४ गते मृत अवस्थामा फेला परेकी भेनिसा लिम्बूको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । गत फागुन ८ गते हराएकी धनकुटा राजारानी घर भएकी लिम्बूको प्रहरीले भक्तपुरको नगरकोटस्थित मनपोखरीस्थित बाँसघारीमा फागुन १४ गते शव फेला पारेको थियो । 
 
महाशाखाले पत्रकार सम्मेलन गरी लिम्बूको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका काठमाडौँ बौद्धका सनि लामा, सजित लामा, मोरङ घर भई हाल भक्तपुर थली बस्ने राजन राईलाई सार्वजनिक गरेको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले राजन राई र भेनिसा फेसबुकमा साथी बनेको भेटघाटमा अश्लील क्रियाकलाप गर्न खोज्दा नमानेपछि हत्या गरेको अभियुक्तले प्रहरी समक्ष बयान दिएको जानकारी दिए । 
 
खनालेले भने, ‘पछिल्लोपटक साइबर अपराधका कारण धेरै मानिस फसेका छन् यो हत्या पनि साइबर अपराधकै कारण भएको हो ।’ लिम्बूलाई जबर्जस्ती रक्सी खुवाई लट्ठ बनाएर यौन क्रियाकलाप गर्न खोजेपछि लिम्बू भाग्न खोज्दा धकेलेर घाइते भएको र उपचार नभएपछि लिम्बूको निधन भएको प्रहरीलेजनाएको छ । 
 
घटनामा संलग्न अभियुक्तहरुलाई त्रिभुवननगर गाविस सर्लाहीबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुलाई अन्य कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, भक्तपुर पठाएको खनालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ