नेपाल राष्ट्र बैंकको रिक्त कार्यकारी निर्देशकमा नरेश शाक्यको बढुवा 

प्रकाशित मिति : २०७६ असार २ सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रिक्त कार्यकारी निर्देशकमा नरेश शाक्य बढुवा भएका छन् । गत जेठ १० कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको अनिवार्य अवकास पछि रिक्त रहेको सो पदमा शाक्यलाई बढुवा गरिएको हो । नेपाल राष्ट्र बैंकको जेठ ३१ गते बसेको बोर्ड बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा बढुवा गरेको बैंकले जनाएको छ ।

शाक्य यसअघि सोही विभागका कायम मुकायम कायकारी निर्देशक थिए । उनी पछिल्लो समय राष्ट्र बैंकका वरिष्ठ निर्देशकको रुपमा समेत थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको नियुक्ति पदपुर्ति समितिको सिफारिसमा बोर्डले गर्ने गर्दछ । राष्ट्र बैंकले वरिष्ठताकै आधारमा बढुवा गर्ने अभ्यास गर्दै आएको छ ।

२०५४ मंसिर २२ गते नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका शाक्य बैंकिङ कार्यालयभन्दा अघि जनकपुर कार्यालयमा थिए । त्यसअघि विकास बैंक सुपरीवेक्षण विभाग, जनशक्ति व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, राष्ट्र बैंक पोखरा कार्यालय, राष्ट्रऋण विभाग र बैंकर्स प्रशिक्षण केन्द्रमा समेत काम गरेको अनुभव छ । उनी बैंकर्स प्रशिक्षण केन्द्र र विकास बैंक सुपरीवेक्षण विभागमा भने बढी समय रहेर काम गरे ।
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ