arrow

इन्सेफ्लाईटिसले लियो १४८ जनाको ज्यान, शनिबारसम्म विद्यालयमा छुट्टी, धारा १४४ लगाइयो 

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
luu.jpeg

विहार  । भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिस (लू) का कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको छ ।     
     
“श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख डा सुनिल कुमार सिंहले भने । 

औरंगाबादमा सबैभन्दा बढी ६३ जनाको मृत्यु भएको जनाइएको छ । 
     
मुजफ्फरपुरको केजरीवाल हस्पतालमा थप एक जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।     
     
विहारका मुख्य मन्त्री नितिशकुमारले यसै विषयमा सोमबार साँझ स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग बैठकको समेत आयोजना गरेका छन् । 
     
उनले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई चार लाख रुपैँया दिने घोषणा पनि गरेका छन् । 
     
उनले रोग नियन्त्रणका लागि आवश्यक कार्य गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।      
     
टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले पनि धेरैलाई असर गरेको चिकित्सकहरुले बताएका छन् ।     

जुन २२ (शनिवार) सम्म सबै विद्यालयहरुमा छुट्टी दिइएको छ । प्रभावित क्षेत्रहरुमा धारा १४४ लगाइएको छ । यसले दिनको समयमा भीड जम्मा गर्न रोक लगाएको छ । 

मौसम विभागले थप दुई तीन दिन मौसममा परिवर्तन नआउने बताएको छ । राहत आउने सम्भावना नभएकाले विभागले सचेतना अपनाउन आग्रह समेत गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ