इरानले आणविक सम्झौता उल्लङ्घन गरे प्रतिबन्ध लगाउनु पर्ने
एएफपी,
प्रकाशित २०७६ असार ३ मंगलबार
241
Shares
जेरूसेलम। इरानले सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई उल्लङ्घन गरे तेहरानमाथि ‘अस्थायी प्रतिबन्ध’ लगाइनुपर्ने इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले सोमबार बताएका छन्।
इरानले यदि सम्झौतामा तोकिएभन्दा बढी यूरानियमको भण्डारण गरेमा उसलाई प्रतिबन्ध लगाई तत्काल प्रतिवाद गरिनुपर्ने इजरायली प्रधानमन्त्रीको भनाई थियो। प्रधानमन्त्री नेतन्याहुले भने, “इरानले आफूद्वारा यस क्षेत्रका अन्य मुलुकको सुरक्षाप्रति गैरजिम्मेवार बन्दै आणविक सम्झौतालाई उल्लङ्घन गरेमा अन्तर्राष्ट्रिय समुदायले इरानमाथि तत्काल प्रतिबन्ध लगाउनुपर्छ।”
इरानले सन् २०१५ मा अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरू बेलायत, रूस, चीन, फ्रान्स, जर्मनी तथा यूरोपेली संघ गरेको सम्झौता उल्लङ्घन गरेमा आफूमाथि प्रतिबन्ध लगाउनका लागि सम्झौतामा नै सहमति जनाएको नेतन्याहुले दावी गरे।