arrow

चिलीले जापानलाई कोपा अमेरिकामा सजिलै हरायो 

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
copa.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीले जापानलाई सजिलै हराएको छ । मंगलबार बिहान भएको खेलमा जापानलाई ४–० गोल अन्तरले पराजित गर्दै चिलीले शानदार सुरुआत गरेको हो ।

चिलीलाई जित दिलाउन एड्वार्डो भर्गासले दुई तथा एलेक्सिस सान्चेज र एरिक पल्गरले एक एक गोल गरे ।

४१ औं मिनेटमा पल्गरले पहिलो गोल गरे । ५४ औं मिनेटमा भर्गासले दोस्रो गोल गरे । ८२ औं मिनेटमा सान्चेजले तेस्रो गोल गरे । त्यसको एक मिनेटमै भर्गासले चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । 

जितसंगै समूह सी को चिली शीर्ष स्थानमा रहेको छ । उरुग्वे पनि विजयी भएको छ । उरुग्वेले इक्वेडरलाई ४–० गोल अन्तरले नै हराएको थियो । 


प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सन् २०२२ को विश्वकप आयोजक कतारले भने साहसिक प्रदर्शन गर्ने क्रममा पाराग्वेसंग २–२ गोलको बराबरी खेलेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ