arrow

अदालतमा सुनुवाइका क्रममा पूर्वराष्ट्रपति मोर्सीको मृत्यु

हत्याको संज्ञा

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
morsi.JPG

काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाई चलिरहेका अवस्थामै मृत्यु भएको छ । जासुसीको अभियोगसम्बन्धी मुद्दामा बयान दिएपछि सुनुवाईका क्रममा उनी बेहोस् भएका थिए ।

बयान दिएर सकिए लगत्तै ६७ वर्षीय मोर्सी बेहोस् भएका थिए । त्यसपछि उनको होस् खुलेन । 

उनलाई पिजडाभित्र राखेर बयान लिइएको थियो । 

उनीमाथि प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धको समेत मुद्दा लगाइएको थियो । सन् २०१२ मा निर्वाचित मोर्सीलाई त्यसको एक वर्षपछि नै इजिप्टको सेनाले अपदस्थ गरेको थियो । 

अपदस्थ भएदेखि उनी जेलमा थिए । एकान्तमा राखेर उनका गतिविधि बाहिर ल्याउन नदिएको अवस्थामा मोर्सीसंग पछिल्लो पटक करिब पाँच मिनेट बयान लिइएको थियो । 

हत्याको संज्ञा
मोर्सीको पार्टी मुस्लिम ब्रदरहुड दलले यो निधनलाई स्वभाविक भनेको छैन । उसले आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । 

ब्रदरहुडले मोर्सीलाई उपचार सेवासमेत नदिइएको आरोप लगाएको छ ।

उनको परिवारले गत महिना पनि मोर्सीलाई खतरा रहेको बताएको थियो । स्वास्थ्यमा समेत सरकारले कुनै वास्ता नगरेको परिवारले गुनासो गरेको थियो । 

मानवअधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलका अनुसार मोसीलाई भेट्न केवल तीन जना आफन्तलाई मात्र दिइएको थियो । वकिल वा चिकित्सक कसैलाई पनि भेट्न दिइएको थिएन । 

मोर्सीका छोरा अब्दुल्लाहले आफ्ना बाबुको पार्थिव शरीर समेत हेर्न नपाएको दुखेसो रोयटर्स समाचार एजेन्सीसंग गरेका छन् । 

मोर्सी सन् २०१२ निर्वाचित पहिलो प्रजातान्त्रिक नेता मानिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ