काँग्रेसको अवरोधका कारण सम्बोधन नगरी फर्किए प्रधानमन्त्री
प्रकाशित २०७६ असार ३ मंगलबार
407
Shares
काठमाडौं । नेपाली काँग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा पुगेर पनि सम्बोधन नगरी फर्किएका छन् ।
मंगलबारको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले 'सार्वजनिक महत्वको विषयमा वक्तव्य' दिने कार्यतालिका थियो । तर, प्रतिपक्षी दलका नेताले पहिले बोल्न पाउनुपर्ने माग गर्दै कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको थियो।
विरोध जारी रहेपछि बैठकको नवौं मिनेटमा सभामुख कृष्णबहादुर महराले भोलिसम्मको लागि बैठक स्थगित गरेका छन् ।