arrow

कतार विश्वकपमा अनियमितताको आरोपमा माईकल प्लाटिनी पक्राउ

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
Platini-michael.jpg

एजेन्सी। फ्रान्सका पुर्व स्टार खेलाडी एवं युरोपियन फुटबल महासंघ (युईएफए)का पुर्व अध्यक्ष माइकल प्लाटीनीलाई फ्रान्समा गिरफ्तार गरिएको छ।

कतारलाई सन् २०२२को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न दिएको र कतारले विश्वकप पाउन मिलोमतो गरेको शंकामा प्लाटिनीलाई गिरफ्तार गरिएको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन्।

सन् २००७ देखि २०१५ सम्म युईएफएका अध्यक्ष रहेका प्लाटिनीले सन् २०१०मा कतारलाई विश्वकप आयोजना गर्ने पक्षमा मतदान गरेका थिए। उनले उक्त बिचमा कतार फुटबलका पदाधिकारीहरुसँग धेरै पटक स्विजरल्याण्डमा भेटेको आरोप लागेको छ।

मानवअधिकार लगायतका मुद्दा हुँदाहुँदै कतारलाई विश्वकप आयोजना गर्न दिएकोमा शंका उत्पन्न भएको हो । उनलाई भ्रष्टाचार बिरुद्ध अनुसन्धान गरिने कार्यालय लगिएको संचार माध्यमहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ