arrow

पहाडमा चलेका डोजरबाट खाद्य संकटको चिन्ता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असार ३ मंगलबार
tiru.jpg

धनगढी ।  सरकारी नीति उलंघन गर्दै चुरे क्षेत्रमा जताभावी डोजरको बढ्दो प्रयोगका कारण सुदुर पश्चिममा खाद्य संकटको अबस्था आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्ता ब्यक्त गरेका छन् ।  खाद्य अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था फियान नेपालले सोमबार धनगढीमा आयोजना गरेको अन्तर्कृयामा सहभागी हरुले खाद्य सुरक्षामा राज्य संवेदनशील बन्नु पर्ने बताएका हुन ।

सोमबार सुदुरपश्चिमको धनगढीमा आयोजना गरिएको गोष्ठीमा वातावरणीय जोखिमको अध्ययन नगरी चुरे क्षेत्रमा डोजर एक्जाभेटरद्वारा खन्न नहुने सरकारले नीति बनाए पनि कार्यान्वयन हुन नसकेको सहभागीहरुले बताएका हुन ।  सुदुरका पहाडी क्षेत्रमा सरकारी नीति बिनै सडक लगायतका भौतिक संरचनाको निर्माणमा प्रयोगमा आएका डोजरका कारण खाद्य सुरक्षा र बस्तीमा जोखिमको संकट पर्ने स्थिती देखिएको चिन्ता व्यक्त गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रहेका सुदुर पश्चिम प्रदेशका गृह तथा आन्तरिक मामिला मन्त्री प्रकाश शाहले भने जनतालाई बिकास चाहिएको छ तर बिकास गर्दा बिनास न आओस यस तर्फ सजग रहन आबश्यक रहेको उनले बताए । बिकासका लागि चलेको होडले बन्ने गरेका सडकमा डोजरको प्रयोग भएको छ तर यसलाई कसरी ब्यबस्थित पार्न सकिन्छ यसबारे सरकारले गम्भीरतापुर्वक लाग्ने मन्त्री शाहले बताए ।

फियान नेपाल द्वारा आयोजित अव्यवस्थित सडक पुर्वाधार निर्माणले खाद्य सुरक्षा तथा जिविको पार्जनमा परेको असर सम्बन्धि अध्ययन प्रतिवेदन माथी समेत छलफल गरिएको थियो । फियान नेपालका महासचिव सत्यराम तोयनाको सभापतित्व रहेको कार्यक्रममा याक नेपालका निर्देशक  बलबहादुर बमले कार्यक्रम बारे प्रकाश पारेका थिए भने फियान नेपालका कार्यकारी निर्देशक अशोकबहादुर सिहले प्रतिवेदन प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ