arrow

इङल्यान्ड बलियो स्थितिमा, अफगानिस्तान सामु ३९८ को लक्ष्य

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
skysports-ben-stokes-england_4679080.jpg

म्यान्चेस्टर । इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार इङल्यान्ड र अफगानिस्तानबीचको खेलमा इङल्यान्ड बलियो स्थितिमा पुगेको छ ।

टस जिती पहिले ब्याटिङ रोजेको इङल्यान्डले पहिलो इनिङमा ६ विकेटको क्षतिमा ३९७ रनको विशाल स्कोर बनाएको छ । इओन मोर्गनले धुँवाधार ब्याटिङ गर्दै ७१ बलमा १४८ रन बनाएका थिए । उनले आफ्नो इनिङमा १७ वटा छक्का र चार वटा चौका प्रहार गरेका थिए ।

इङल्यान्डका लागि जो रुटले ८८ तथा जोनी बेरिस्टोले ९० रन बनाएर आउट भएका थिए ।  अफगानिस्तानका तर्फबाट गुल्बदिन नाइब र दलत जाड्रानले तीनतीन विकेट लिएका थिए ।

विश्वकपको यस संस्करणमा अफगानिस्तानले यसअघि खेलको चारवटा खेलमध्ये कुनै पनि जित्न सकेको छैन । अफगानिस्तान यसअघि अस्ट्रेलिया, श्रीलंका, न्यूजील्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ