arrow

बन्यो छक्कै छक्काको रेकर्ड 

logo
प्रकाशित २०७६ असार ४ बुधबार
england10.jpg

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको एकै खेलमा ३३ छक्काको रेकर्ड बनेको छ । इंगल्याण्ड र अफगानिस्तानबीचको खेलमा उक्त रेकर्ड बनेको हो । 

म्यान्चेस्टरको मैदानमा मंगलबार राति भएको खेलमा इंगल्याण्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले हरायो । 

इंगल्याण्डले ५० ओभरमा ६ विकेटको नोक्सानीमा ३९७ रन बनायो । विश्वकपमा इंगल्याण्डको यो सबैभन्दा उच्च योगफल हो ।  

इंगल्याण्डले यसअघि जारी विश्वकपमै बंगलादेश विरुद्ध ३८६ रन बनाएको थियो । कप्तान इयान मोर्गानले १४८ रन बनाए । जसमा उनले ५७ बलमा सतक बनाए । जुन जारी विश्वकपको कीर्तिमान हो । 

विश्वकपको इतिहासमा यो चौथो छिटो सतक हो । उनले १७ छक्का हाने । यो कीर्तिमान हो विश्वकपको । 

जोनी बेयरस्ट्रले ९० र जो रुटले ८८ रन बनाए । बेयरस्ट्रले ३ र रुटले १ छक्का हाने । त्यस्तै मोइन अलीले ४ छक्कासहित ९ बलमा नटआउट ३१ रन बनाए । 

जवाफमा अफगानिस्तानले ८ विकेटको नोक्सानीमा २४७ रन बनायो । हश्मतुल्लाह शाहिदीले ७६, रहमत शाहले ४६, अस्घर अफगानले ४४ र कप्तान गुल्बादिन नैबले ३७ रन बनाए । यस क्रममा ८ वटा छक्का भएका थिए । 

यो खेलमा ३३ छक्का भएको छ । जुन रेकर्ड हो । यसअघि सन् २०१५ को विश्वकपका न्यूजिल्याण्ड र वेष्टइन्डिज बीचको खेलमा ३१ छक्का हानिएको थियो । 

मोर्गानले यो विश्वकपमा २२ छक्का हानिसकेका छन् । यो पनि रेकर्ड हो । एकै खेलमा सबैभन्दा बढी छक्का हान्ने टिमको रेकर्ड पनि इंगल्याण्डको नाममा भएको छ । 

इंगल्याण्डले २५ छक्का हानेको छ अफगानिस्तान विरुद्ध । यसअघि इंगल्याण्डले वेष्ट इन्डिजविरुद्ध २४ छक्का लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ