arrow

सात अफगान प्रहरीको आफ्नै साथीले गरे हत्या

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
afgan.png.png
कान्दाहार । अफगानिस्तानका सात जना प्रहरीलाई उनीहरुका आफ्नै साथीले गोली हानी हत्या गरेको समाचार छ । प्राप्त समाचारमा कान्दाहार प्रान्तको एक प्रहरी चौकीमा कार्यरत स्थानीय प्रहरीले आफ्नै सात जना साथीको हत्या गरेका जनाइएको छ । ड्युटीमा खटिएका प्रहरीले आफ्नै साथीतर्फ बन्दुक फर्काएका थिए । गोली हानी ती प्रहरीले साथीको हत्या गरको समाचारको अफगान प्रहरीले नै पुष्टि गरेको छ । 
 
एकजना प्रान्तीय प्रहरी अधिकारीले भने– अर्गान्दबादमा रहेको एक प्रहरी चौकीमा कार्यरत रहेकै बेला बुधबार मध्यराति आपसमा गोली हानेर एक अर्काको हत्या गरेका छन् । प्राप्त समाचारमा ती प्रहरीको सुतिरहेको बेलामा हत्या गरिएको हो । हत्यामा सम्लग्नहरु भने त्यस घटनापछि भागेको पनि उक्त समाचारमा जनाइएको छ । उक्त नगरमा स्थानीयको सुरक्षाका लागि भन्दै अफगान सरकारले सन् २०१० मा मात्र सो प्रहरी चौकी स्थापना गरेको हो । 
 
प्रान्तीय प्रवक्ता समिम खप्लकले उक्त दुर्घटनाको पुष्टि गर्नुभएको छ । उहाँले सो दुःखद घटनापछि त्यहाँ अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । यस घटनामा आफूहरुको हात रहेको भन्दै अफगानिस्तानमा हत्या हिंसाको शृङ्खला जारी राखेको तालिवानले यसको जिम्मेवारी लिएको छ । कान्दाहार प्रान्तमा मात्र यस वर्षको सुरुदेखि आजसम्ममा यसरी आफ्नै साथीबाट हत्या भएका प्रहरीको सङ्ख्या दुई दर्जनभन्दा पनि धेरै रहेको बताइएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ