arrow

बैङ्किङ कसुर मुद्दामा खड्का कारागार चलान

logo
प्रकाशित २०७६ असार ४ बुधबार
khadka3.jpg

काठमाडौं । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

खड्का विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले उनलाई एक महीना कैद र रु २३ लाख जरिवानाको फैसला वैशाख १६ गते गरेको थियो । त्यसवेलादेखि उनी फरार हुँदै आएका थिए ।

काठमाडौँको चक्रपथबाट उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग २३ लाख लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ