arrow

चौध वर्षपछि चिनियाँ राष्ट्रपति उत्तर कोरियामा 

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
xi1.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपतिबाट १४ वर्षपछि पहिलो पटक सी जिनपिङले उत्तर कोरियाको भ्रमण गर्दैछन् । बिहीबारदेखि हुने दुई दिने राजकीय भ्रमणमा उत्तर कोरियाली नेता किम जोङ उनसँग कोरियाली प्रायद्वीपले झेलिरहेको आर्थिक समस्या र उसको आणविक कार्यक्रमबारे छलफल गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । 

सी सन् २०१२ देखि सत्तामा छन् र उनसंग चीनमा चार पटक भेट भए पनि सी भने अहिलेसम्म उत्तर कोरिया गएका थिएनन् । 

 कुनै पनि चिनियाँ राष्ट्रपतिबाट १४ वर्षसम्म उत्तर कोरियाको भ्रमण हुन नसकेका अवस्थामा सीले आँट गरेका हुन् । विश्वका अधिकांश राष्ट्रहरु उत्तर कोरियाली गतिविधिको विरोधम रहँदा चीन उत्तरकै पक्षमा रहँदौ आएको छ । 

दुई देशबीच लामो मित्रता रहे पनि पछिल्लो समय आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघले लगाएको आर्थिक प्रतिबन्धमा चीनले समर्थन जनाउँदा केही चिसोपना आएको छ । 

राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । 

कुरा अमेरिकाकै

सी उत्तर कोरिया गएर जेसुकै कुरा गरे पनि चर्चा भने उत्तर कोरिया र अमेरिकाबीचको आसन्न तेस्रो चरणको वार्ता नै महत्वपूर्ण रहेको छ । 

जापानमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाटको तयारी रहँदा उत्तर कोरियाको विषय उठ्ने नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ