arrow

टर्कीले बनायो अमेरिकालाई चुनौती दिने पाँचौं पुस्ताको फाइटर जेट

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
tf-xturkey-fifth-generation-fighter.jpg

काठमाडौं। टर्किस एरोस्पेस इन्ड्युस्ट्रिले पूर्ण क्षमताको पाँचौं पुस्ताको फाइटर जेट विमान सार्वजनिक गरेको छ। फ्रान्समा एयर शो को क्रममा कम्पनीले यो विमान सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो विमान सन् २०२५ देखि सञ्चालनमा आउनेछ। पछिल्लो समय टर्की एफ–३५ को कार्यक्रमबारे विवादमा रहेको अवस्थामा यस किसिकको विमान सार्वजनिक गरिएको हो।

टर्कीले टीएफ–एक्स जेट विमानलाई यूरोपियन एरोस्पेस इन्ड्युस्ट्रिले गरेको माग अनुसारको निर्माण गरेको हो। कम्पनीका सीईओ तथा अध्यक्ष टेमेल कोटिलले यो यूरोपका उत्कृष्ट फाइटर विमान भएको बताए। यसले मेटेओर मिसाइल बोक्न सक्छ। यो यूरोपको सबैभन्दा उत्कृष्ट मिसाइल हो। कोटिलले यो विमान नेटो र नेटोका सहयोगी मुलुकको लागि पनि राम्रो फाइटर विमान हुनसक्ने बताए।

अमेरिकाले टर्कीलाई रुससँग एस–४०० एन्टि मिसाइल सुरक्षा प्रणाली खरीद गरेको खण्डमा एफ–३५ कार्यक्रम रोक्ने चेतावनी दिएको छ। अमेरिका नेटोको सदस्य राष्ट्रले रुससँग मिसाइल सुरक्षा प्रणाली खरीद गरेको चाहँदैन। अहिलेसम्मको अवस्थामा भने टर्कीले रुससँग उक्त प्रविधि खरीद गर्नसक्ने देखिएको छ। अमेरिका आफ्नै मिसाइल सुरक्षा प्रणाली टर्कीलाई बिक्री गर्ने पक्षमा छ।

अमेरिकालाई रुसले आफ्नो मिसाइल सुरक्षा प्रणालीलाई पछि पार्नसक्ने डर छ। एफ–३५ को प्रणालीको माध्यमबाट अमेरिकी मिसाइललाई असफल बनाउनसक्ने आशंका अमेरिकाले गर्दै आएको छ। अमेरिकाले आफ्नो एफ–३५ लाई कसैले ट्र्याक गर्न नसक्ने विशेष प्रविधिको प्रयोग गरी निर्माण गरिएको विमानको रुपमा लिँदै आएको छ। यस्तोमा रुसको मिसाइल सुरक्षा प्रणालीले अमेरिकाको उक्त विमानलाई ट्र्याक गर्नसक्ने जानकारहरुले बताएका छन्। 

टर्कीले अहिले सार्वजनिक गरेको भिडियोमा यसले ६० हजार पाउण्डसम्मको तौल उठाउनसक्ने बताइएको छ। जानकारहरुका अनुसार अहिलेको यो पाँचौं पुस्ताको विमानले विभिन्न किसिमका समस्याको सामना गर्दै आएको छ। अहिले ल्याइएको विमान सन् २०२८ सञ्चालनमा आउनसक्ने बताइएको छ। टर्की एफ–३५को लागि अमेरिकाको एक महत्वपूर्ण ग्राहक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ