arrow

गाडी नहरमा खस्दा सात बालबालिका बेपत्ता

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
canal.jpg

नयाँ दिल्ली ।  भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोकेको एक सवारी  एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् ।  स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

उत्तर प्रदेशको राजधानी लखनउको बाहिरी इलाकामा रहेको नाग्राम क्षेत्रमा बिहीबार बिहान सो दुर्घटना भएको हो । बिहीबार बिहान सबेरै २९ यात्रु बोकेको एक सवारी साधन इन्दिरा नहरमा खसेको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

सो सवारी साधनमा यात्रा गरिरेहका ती यात्रुहरु एक विवाह समारोहमा सहभागी भई फर्किरहेका थिए । दुर्घटना भएको लगत्तै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।  दुर्घटनापछि प्रायः वयस्क उमेरका २२ जनालाई उद्धार गरिएको तर सात बालिबालिका भने बेपत्ता भएका छन् ।  ती बालबालिका चारदेखि नौ वर्ष उमेरमा रहेका अधिकारीहरुले जनाएका छन् ।

भारतमा क्षमता भन्दा बढी यात्रु चढ्ने, खराब सडक र लापर्वाही रुपमा सवारी साधन हाँक्ने गर्दा बर्सेनि ठूलो संख्यामा दुर्घटना हुने गरेका अध्ययनहरुले देखाएका छन् । भारतका औसत रुपमा प्रत्येक दिन चारसय व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ