arrow

वार्नरको शतकको सहयोगमा बंगलादेशमाथि अष्ट्रेलियाको जित 

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
Australia.png

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत विहीवार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ । यससँगै बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । 

बिहीबार पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले डेभिड वार्नरको १ सय ६६ रनको शतकीय पालीको सहयोगमा निर्धारित ५० ओभरमा ३ सय ८१ रनको विशाल योगफल बनाएको थियो । यो अष्ट्रेलियाको लागि विश्वकपमा अहिलेसम्मकै दोस्रो सबैभन्दा ठूलो योगफल हो । 

३ सय ८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले राम्रो प्रदर्शन गरेको भए पनि लक्ष्य पूरा गर्न भने सकेन । बंगलादेशका लागि पनि मुस्फिकर रहिमले शतकीय पाली खेलेका थिए । बिहीवारको खेलसँगै अष्ट्रेलियाको सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ । डेभिड वार्नर विशवकपमा १ सय ५० रन कटाउने पहिलो अष्ट्रेलियाली खेलाडी बनेका छन् । 

अष्ट्रेलियाका लागि उक्त विशाल योगफल तयार पार्ने क्रममा डेभिर वार्नरको १ सय ६६ रनका साथै युस्मान ख्वाजाले ८९ रन बनाएका थिए भने आरोन फिन्चले ५३ रनको योगदान दिएका थिए । बंगलादेशका सौम्य सरकारले ३ विकेट लिएका थिए । 

जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि मुस्फिकर रहिमले अविजित १ सय २ रन बनाएका थिए भने महमदुल्लाहले ६९ रन बनाएका थिए । तामिम इक्वालले पनि ६२ रनको योगदान दिएका थिए । तर, यो जितका लागि पर्याप्त हुन सकेन । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र नाथाल काउन्टर नाइलले समान २ विकेट लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ