arrow

इरानले खसाल्यो अमेरिकी जासुसी विमान, ट्रम्प भन्छन्– इरानले ठूलो गल्ती गर्‍यो 

logo
एजेन्सी
प्रकाशित २०७६ असार ६ शुक्रबार
drone.png

काठमाडौं । इरानले अमेरिकाको जासुसी सैन्य विमान खसालेको छ । इरानले आफ्नो दक्षिणी क्षेत्रमा आएको अमेरिकी सैन्य ड्रोन खसालेको बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी विमान खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन् । इरानले अमेरिकी विमान खसालेसँगै दुई मुलुकबीचको तनाव थप बढ्नसक्ने अनुमान गरिएको  छ । 

यसअघि अमेरिकी अधिकारीले ड्रोन खसालेको घटनालाई पुष्टि गरेका थिए । इरानले हवाई क्षेत्रको उलंघन गर्दै आएको अमेरिकी विमानलाई खसालेको बताएको छ । 

इरानको विदेश मन्त्रालयले अमेरिकाको यो कदम र ट्रम्पको प्रतिक्रियाको विरोध गरेको छ । अमेरिका र इरानको बीचमा परमाणु सम्झौताको विषयलाई लिएर तनाव बढिरहेको अवस्थामा यस्तो घटना भएको हो । गत वर्ष अमेरिकाले इरानसँग भएको परमाणु सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो । 

अमेरिकाले इरानमाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव २२३१ को उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ