arrow

व्यापारयुद्धपछि अमेरिकी उपभोक्तालाई २२ अर्ब डलरको भार 

logo
एजेन्सी
प्रकाशित २०७६ असार ६ शुक्रबार
Trump.png

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक नीतिको कारण अमेरिकी उपभोक्तालाई अर्बौंको आर्थिक भार थपिएको एक प्रतिवेदनले देखाएको छ । अप्रिलसम्मको आँकलनमा अमेरिकाको लागि अर्थतन्त्रमा उक्त विवरण सार्वजनिक भएको हो । तर, त्यसपछि अमेरिकाले आफ्नो मुलुकमा आउने थप सामग्रीको आयातकर बढाएको छ । 

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागले आयातकरबाट चिनियाँ सामग्रीबाट १५ अर्ब २० करोड डलर उठाएको छ । अन्य मुलुकबाट आउने स्टिल तथा अल्मुनियमबाट भने ६ अर्ब ५० करोड डलर आयातकर उठाएको छ । 

अमेरिकाले उठाएको उक्त अमेरिकी आयातकर्ता र उपभोक्ताबाट उठाइएको हो । अधिकारीहरुले २२ अर्ब डलरको भार अमेरिकी उपभोक्तालाई थपिनु राष्ट्रिय स्वार्थको राम्रो पक्ष नरहेको विश्लेषकले बताएका छन् । 

ट्रम्प र उनको प्रशासनले आयातकरले विदेशी निर्यातकर्तालाई चोट पुगेको बताउँदै आएका छन् । तर, अमेरिकी उपभोक्तालाई व्यापारयुद्धको मार धेरै परेको पाइएको  हो । 
यो प्रतिवेदनले ट्रम्पलाई आफ्नो मुलुकमा कर बढाएर अरु कसैलाई हानि गर्न सकिँदैन भन्ने पाठ सिकाएको विश्लेषकहरुले बताएका छन् । उनीहरुले अर्को मुलुकको अर्थतन्त्रलाई कमजोर बनाउने खेलमा त्यसै हिसाबमा अमेरिकाको अर्थतन्त्र पनि कमजोर बन्दै जाने बताएका छन् । 

यसैबीच, अमेरिकाको बदलामा अन्य मुलुकले लगाएको करको कारण अमेरिकाको निर्यात वर्ष आर्थिक वर्ष २०१९ मा २ अर्ब देखि १ खर्ब ४१ अर्ब डलरसम्म कम हुनसक्ने अपेक्षा गरिएको छ । 

ट्रम्पले अमेरिकाको नीतिले अमेरिकीहरुलाई ठूलो सहयोग पुग्ने बताउँदै आएका छन् । अन्य मुलुकले अमेरिकाले लगाएको कर व्यापारिक हिसाबमा अस्वस्थ रहेको ट्रम्पले आरोप लगाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ