arrow

मोदीको हत्या गर्ने धम्कीपछि सुरक्षा निकायमा हल्लीखल्ली, समीक्षा गरिँदै

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
pm-modi-pti.jpg

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने धम्की पछि भारतीय सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएको छ । यही महिनामा केरल यात्रामा गएका नरेन्द्र मोदीको हत्या गर्ने धम्की पहिले नै आएको भएपनि यतिबेला सो विषय सार्वजनिक भएपछि सुरक्षा निकायमा हल्लीखल्ली भएको हो । 

भारतीय सञ्चार संस्था एवीपी न्यूजका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की सम्बन्धी जानकारी अहिले मात्रै बाहिर आएको छ । पीएम मोदी जब केरलको गुरुवायुर मन्दिरमा पूजा गर्नको लागि गएका थिए । त्यो भन्दा पहिले नै उनलाई मार्ने धम्की आएको थियो । 

स्रोतलाई हवाला दिँदै एवीपीले भनेको छ 'गुरुवायुर मन्दिरको यात्रामा नै प्रहरीहरुलाई एक खाम दिइएको थियो । खाममा एक पाँच सय रुपैयाँको नोट समेत थियो । जसमा  मलयालम भाषामा पीएम मोदीलाई मार्ने धम्कीपूर्ण कुरा उल्लेख गरिएको थियो । जुन कुरालाई त्यहिँ तल अँग्रेजीमा समेत लेखिएको छ । 

आठ जूनमा पीएम मोदी केरलको गुरुवायूर मन्दिरमा गएका थिए । पीएम मोदीको भ्रमणको एक दिन पहिले सात जूनका दिन यस्तो धम्कीवाला चिट्ठी पठाइएको थियो । यस खुलासापछि सुरक्षा एजेन्सीहरुले पीएम मोदीलाई आएको धम्कीलाई गम्भीरताका साथ लिएको थियो । सुरक्षा एजेन्सीहरुले यस धम्कीको जानकारी एसपीजीलाई समेत दिएको छ। यसबारेमा थप जानकारी चलिरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ