काठमाडौं। 'विश्व योग दिवस' नेपाल मानव धर्म सेवा समितिले राष्ट्रव्यापी रुपमा सम्पन्न गरेको छ। काठमाडौं, हेटौंडा, बुटवल, नेपालगंज, विराटनगर लगायतका प्रमूख शहरहरुमा गरिएको कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो।
मानव धर्म आश्रम परिसर गौशाला, काठमाण्डौंमा सञ्चालित शिविरमा केन्द्र प्रमूख महात्मा चमेली वाईजीले मानव जीवन सन्तुलित, व्यवस्थित र सुन्दर बनाउन योग साधना अनिवार्य रहेको बताइन् ।
समितिले प्रत्यक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउनुका साथै साप्ताहिक रुपमा विविध साधना शिविरहरु गरी वैदिक सनातन परम्परालाई निरन्तरता दिदै आईरहेको छ । साथै विभिन्न सामाजिक गतिविधिहरुमा समितिको युवा स्वयम् सेवकहरुको अग्रणी भूमिका रहदै आएको छ ।