arrow

श्रीलंकासँग पराजित भएसँगै घरेलु टोलीको सेमिफाइनल यात्रा कठिन 

logo
एजेन्सी
प्रकाशित २०७६ असार ७ शनिबार
Srilanka-England.png

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत शुक्रवार भएको खेलमा घरेलु टोली इंगल्याण्ड श्रीलंकासँग २० रनले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड ४७ ओभरमा २ सय १२ रन बनाउँदै अलआउट भयो । 

श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले अविजित ८६ रन, अभिश्का फर्नान्डोले ४९ रन र कुशल मेन्डिसले ४६ रनको योगदान दिएका थिए । इंगल्याण्डका लागि जोफ्रा आर्चर र मार्क उडले समान ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आएको इंगल्याण्डका लागि बेन स्टोक्सले अविजित ८२ रन, जो रुटले ५७ रन बनाउँदै हार टार्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन । श्रीलंकाका लागि लासिस मालिंगाले ४ तथा धनन्जय डि सिल्भाले ३ विकेट लिएका थिए । 

यससँगै इंगल्याण्डको सेमिफाइनलको बाटो कठिन बन्न पुगेको छ । ६ खेल खेलेको इंगल्याण्डको साथमा ८ अंक छ । यो टोली अहिले तालिकाको तेस्रो स्थानमा छ । तर, अब उसले उपाधिको दाबेदार मानिएका भारत, अष्ट्रेलिया र न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्न बाँकी छ । 

पाँचौं स्थानमा रहेको श्रीलंकाले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र भारतसँग खेल्न बाँकी छ । तर, उसको ६ अंक मात्र छ । छैठौं स्थानमा रहेको बंगलादेशले पनि अफगानिस्तान, भारत र पाकिस्तानसँग खेल्न बाँकी छ । पाकिस्तान र वेस्ट इन्जिडले ५ खेल मात्र खेलेका छन् । 

यस्तोमा उनीहरुको पनि सम्भावना छ । दक्षिण अफ्रिकाको सम्भावना लगभग समाप्त भइसकेको छ । भने अफगानिस्तानले अहिलेसम्म खाता पनि खोल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ