arrow

वीरगन्जमा प्रचण्डलाई मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाए

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
dahal-naya-p.jpg.jpeg
वीरगन्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कालो झण्डा देखाएका छन् । दोस्रो वीरगञ्ज व्यापार मेलाको उद्घाटन गर्न वीरगञ्ज पुगेका दाहाललाई मोर्चा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । कालोझण्डा देखाउने मोर्चा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि वीरगन्जको घण्टाघर क्षेत्र तनावग्रस्त बनेको छ ।  यसअघि सिराहमा जिल्ला परिषद्को उद्घाटन गर्न गएका दाहाललाई मोर्चा कार्यकर्ताले कालो झण्डा देखाएपछि प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।  
 
‘मोहन वैद्यसंग गम्भीर कुरा भा छ’ 
 
दाहालले सञ्चारकर्मीस‌ग प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताले दूरगामी महत्व राख्ने बताए । दाहालले भने, ‘भारत भ्रमणबाट आए पछि चीन भ्रमणको तयारी भयो, प्रधानमन्त्रीज्यूको यो भ्रमण अपेक्षित र उपलब्धी मूलक रह्रयो । प्रधानमन्त्रीले भारत भ्रमण पहिलो गर्नुभएको र सो भ्रमणले दुई देशबीचको सम्बन्ध राम्रो बनाउने वातावरण बनाएको दाहालको भनाई छ । 
 
दाहालले थपे, ‘भूकम्पबाट भएको जनधनको क्षति पछि मैले प्रतिपक्ष नेताको हैसियतले हामी सबै एक भई सामना गर्न राष्ट्रिय एकताको खाँचो छ भनेको थिएँ । अझै पनि राष्ट्रिय एकताको खाँचो छ ।’ राजनीति चरित्रमा निरन्तरता नभएकाहरु नै पलायन भएका बताउँदै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग विहिबारमात्र गम्भीर कुरा भएको  जानकारी समेत दिए । दाहालले भने, ‘उहाँहरु (मोहन वैद्य) लगायतका सबै माओवादी शक्तिहरुसँग एकता हुन्छ ।’

 



नयाँ