arrow

'मोदी गुफा'मा ध्यान गर्न जानेको घुईँचो, २४ घण्टाको १५ सय शुल्क

logo
प्रकाशित २०७६ असार ७ शनिबार
modi-tapasya.jpeg

देहरादून । लोकसभा चुनाव परिणामभन्दा ठीक पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथ धाममा गुफा भित्र साधना गरेका थिए । अहिले बाबा केदारको दर्शन गर्न आउनेवाला श्रद्धालु समेत पीएम मोदीको जसरी तपस्या गर्न जान थालेका छन् । यी श्रद्धालुहरुले १५०० रुपैयाँ दिएर गुफाको भित्र २४ घण्टा एक्लै साधना गर्नको लागि त्यहाँ धाउन थालेका छन् । 

यसको लागि अहिले अनलाइन बुकिङ्गको समेत सुविधा सुविधा गराइएको छ । यति मात्रै होइन यो गुफा एकै दिनमा १० दिनसम्मको लागि बुकिङ भइसकेको छ । एक काम दुइ पन्त भने जस्तै मोदीले त्यो गुफामा मेडिटेशन पनि गराए भने फ्रिमा गुफाको पब्लिसिटी पनि गराइदिए । 

देहरादून स्थित गढवाल विकास निगमका महाप्रबन्धक बीएल राणाले भनेका छन् कि, 'यसमा मानिसहरुको प्रतिक्रिया एकदमै राम्रो आएको छ । अहिलेसम्म एक दिन टिकट बुकिङ गरेकोमा सोही दिन २० मानिसले गुफामा जानको लागि आवेदन दिइसकेका छन् । हामीलाई देशभरको सबैभन्दा बढी संख्यामा बुकिङ्ग गराइरहेको छ । मानिसहरु यसको बारेमा जान्नको लागि पनि त्यहाँ आउने गरेका छन् । सबै बुकिङ्ग अनलाइनमा नै भइरहेको छ । 

केदारनाथ गुफा
राणाका अनुसार यो पूरा रुपमा कृत्रिम गुफा होइन । त्यसैले अर्को गुफा बनाउनको लागि समय लागिरहेको छ । उनले प्राकृतिक चट्टानहरुमा बदलाव ल्याएर गुफाको निर्माण गराउने गरिएको बताएका छन् । रुद्र मेडिटेशन गुफाको भित्र पहिलो पटक १२ मेमा पीएम मोदीले ध्यान गरेका थिए । यो गुफा केदारनाथ मंदिरबाट एक किलोमीटरको ऊचाईमा छ । यो पूरै दूरी हिँडेर जानु पर्छ । 

एकपटकमा एक जना 
राणाका अनुसार जो मानिस गुफा भित्र बस्न चाहन्छ उसले आफ्नो बुकिङको दिन भन्दा २ दिन पहिले नै गुप्‍तकाशी पुग्नु पर्छ । जो केदारनाथ मन्दिरको बेस क्याम्पमा छ। यहाँ उनीहरुको मेडिकल टेस्‍ट हुनेछ। त्यसपछि श्रद्धालुहरुलाई या त पैदल या हेलिकप्‍टरको मद्दतले मन्दिर जानु पर्दछ। त्यहाँ फेरि उनीहरुको मेडिकल टेस्ट हुन्छ । एकपटकमा गुफामा एक जना मात्रै मान्छे जान सक्छन् । 

गुफाको प्रवेशद्वार
राणाले बताए कि गुफामा रहेका व्‍यक्तिलाई यदि कोही समस्या आयो भने उनीहरुले फोन गरेर मद्दत माग्न सक्छन् । बुकिङ्ग गरिसकेपछि क्यान्सिल गर्नेहरुलाई पैसा फिर्ता पनि हुँदैन । गुफा भित्र रहने व्याक्तिलाई बिजुली, पानी, चिया र खाना पुर्याउने गरिन्छ । यसका अलावा बेड र आराम गर्नको लागि कोठाको समेत व्यवस्था हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ