arrow

उपेन्द्रले भने, ‘संविधान पुनःलेखन नभई मान्दैनौं’

धर्मनिरपेक्षताको धरातल कमजोर पार्ने सरकारमा बसेका कमल थापाले लोकतन्त्रको पाठ सिकाउने ?

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनःखेलन नभए आफुहरुलाई मान्य नहुने बताएका छन् । आफुलाई कानुनको विद्यार्थी भन्न रुचाउने पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा भने, ‘राष्ट्रपति, प्रधानमन्त्री बन्ने चाहनाले हतारमा संविधान जारी गरियो । अब यसलाई पुनःलेखन नगरी समस्या समाधान हुँदैन र त्यो नभई हामी मान्दैनौ । यो संविधान कार्यान्वयन हुनै सक्दैन, आफै बनाउने आफै संशोधन गर्ने अनि कसरी कार्यान्वयन हुन्छ ? ।’
 
यादवले नेपाली जनताले अपनत्व नलिई संविधानलाई कुन मुलुकले समर्थन गर्यो वा गरेन भन्ने कुराको कुनै अर्थ नहुने स्पष्ट पार्दै अहिलेको संविधान पुनःलेखन नगरेसम्म कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरे । उनले नेपालको भविष्य विविधता भित्रको एकतामा भएकोले समावेशीता काम नगरिएसम्म तथा एकल जातीय प्रभुत्व कायम गर्ने मानसिकता कायम रहिरहेसम्म मुलुक समृद्धिमा जान नसक्ने भन्दै संविधान जारी हुने बेलामा सबैको अपनत्व ग्रहण गराउने अवसर हुँदा–हुँदै पनि त्यो अवसरलाई गुमाएकोले अहिलेको अवस्था आएको जिकिर गरे । 
यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको १० बुँदे सम्झौतामा कुनै नयाँ विषय नभएको समेत टिप्पणी गरे  ।  
 
उनले भने,‘ सम्झौतामा नयाँ केही छैन । यो सन् २००९ मै अघि बढीसकेको कुराहरु हुन । ठूला कुरा पाईयो भन्ने केही छैन । कुनै डंका पिटाउनु पर्दैन । जलस्रोत, सञ्चार, यातायात, मानव संसाधानको विकास र तत्कालिन आवश्यकतामा केही गर्न प्रधानमन्त्रीले सकेनन् ।’
अध्यक्ष यादवले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भएपनि ओली नेतृत्व सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएको जिकिर गर्दै माग्नेको भाँडो नै सानो भएको टिप्पणी गरे । 
 
उनले चीन सधै नेपालक निकट सम्बन्धमा रहेको छिमेकी मुलुक भएको र अझै राम्रो हुन सरकार जिम्मेवार हुनुपर्ने धारणा राख्दै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको खुबीले त्यस्तो गर्न नसकेको ठोकुवा गरे । यादवले भने,‘ अहिले भएको धेरै कुरा नेपाल र चीनले पहिला नै प्रस्ताव गरेका कुराहरु छन् । चीन नेपाललाई धेरै सहयोग गर्न चाहन्छ । तर, यो सरकार कुटनीतिक रुपमा असफल रहेकोले धेरै ठाँउमा चुकेको छ ।  ’
 
उनले प्रधानमन्त्री ओलीले नेपालको भू–राजनीतिलाई नबुझेसम्म मुलुक आगाडी बढ्न नसक्ने भन्दै नेपाल, भारत र चीनबीच सम्बन्ध राम्रो रहँदै आएपनि कहिले काही नजानेर द्धिविधाकै कारण समस्या आउने गरेको सुनाए । उनले भने,‘ ओली नेतृत्वको सरकार छिमेकीहरुसँग सुमधुर सम्बन्ध राखेर जान असफल भएको छ ।’
 
वैशाखमा सशक्त आन्दोलन 
मुलुकको समस्या समाधानकोलागि सरकारसँग चैत महिनासम्मको मात्रै समय भएको भन्दै यादवले यो महिनामा पनि समस्या समाधान नभए आन्दोलन निश्चित रहेको बताएका छन् । उनले भने,‘ तराई, पहाड, हिमाल मिलेर अब शान्तिपूर्ण, अहिंसात्मक संयूक्त जनआन्दोलन हुन्छ । नेपाली जनता अब अधिकारविहीन भएर महंगी, भ्रंष्टाचार र कालाबजारी सहेर बस्दैनन् । जनता विद्रोहमा जान्छ । सरकारसँग चैत महिना भरिको अवसर छ तर मलाई लाग्दैन यो सरकारले समयमको सदुपयोग गर्ला ।’
 
उनले जनताले अधिकार मागेर आन्दोलन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक तस्कर र कालाबजारीयाको हातमा सुम्पिएको आरोप लगाउँदै मुलुकको अर्थतन्त्र अहिले कालाबजारीले समानान्तर रुपमा अघि चलाएको बताए । अध्यक्ष यादवले बर्तमान सरकार काम नलाग्ने भएकोले आफै परिवर्तन हुने बताएपनि आफूहरुलाई भने सरकारको विषयमा कुनै सरोकार नभएको स्पष्ट पारे । 
 
धर्मनिरपेक्षताको धातल कमजोर पार्ने सरकारमा बसेका कमल थापाले लोकतन्त्रको पाठ सिकाउने ? 
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको अभियान चलाउने उपप्रधानमन्त्री कमल थापासँग संविधान, लोकतन्त्र र विधीको शासनको पक्षमा बोल्ने हैसियत नभएको यादवको भनाई छ । थापाले संघीयता, लोकतान्त्रिक गणतन्त्रको नेतृत्व कुनै पनि हालतमा गर्न नसक्ने ठोकुवा समेत यादवले गरेका छन् । उनले भने,‘ संविधानको सपथ खाएका मन्त्रीहरु संविधानको विरोधमा बोलिरहेका छन् । यो सरकारले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको धारातल कमजोर पार्न लागेको छ, भन्ने शंका उत्पन्न हुन थालेको छ ।’



नयाँ