arrow

अमेरिकाले ईरानमाथि युद्धको घोषणा गर्दै ? 

logo
प्रकाशित २०७६ असार ८ आइतबार
america-iran.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई सबैभन्दा राम्रो मित्र भनेको केही घण्टापछि नै ट्रम्पले मुख फेरेका छन् । 

उनी एकाएक यु–टर्न भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । शनिबार उनले ईरानलाई वासिंटनको राम्रो मित्र भनी बताएका थिए । 

तर त्यसको केही समयपछि नै उनले ईरानविरुद्ध सोमबार नयाँ ठूलो प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । 

ट्वीटरमा उनले भनेका छन्, ‘हामी ईरानमाथि सोमबार नयाँ ठूलो प्रतिबन्ध लगाउँदैछौं ।’

ट्रम्पले यसअघि यदि ईरानले परमाणु हतियार त्यागिदिने हो भने राम्रो मित्र बन्न सक्ने बताएका थिए । ह्वाइटहाउसमा पत्रकारहरुसंग ट्रम्पले आफूहरुले ईरान एक परमाणु सम्पन्न राष्ट्र बनेको हेर्न नचाहेको बताएका थिए । 

ठूलो युद्धको संकेत ? 
खाडीमा भइरहेको ईरान र अमेरिकाबीचको तनावले ठूलै युद्धको संकेत गरिरहेको विश्लेषण गर्न थालिएको छ । 

यसको सुरुवात गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले दुई परमाणु सन्धि तोडेर गरेका थिए । त्यसपछि खाडी देशहरुमा थुप्रै प्रतिबन्ध लगाइएको थियो । 

हालै ओमानको खाडीमा तेलका दुई ट्यांकरमाथि भएको आक्रमणले अझै बढी तनाब थपिदिएको छ । 

ट्यांकरमाथि आक्रमण गरी जलाइदिएको प्रसंगमा अमेरिकाले ईरानको हात रहेको बताएको छ भने ईरानले त्यसको खण्डन गर्दै आइरहेको छ । 

उक्त दिनमै ट्रम्पले ईरानमाथि आक्रमणको आदेश दिएका थिए तर आदेशको समय सकिन १० मिनेट अघि उनी पछि हटेका थिए । 

तर युद्धक विमानहरु अझै पनि तयारी अवस्थामा रहेकाले सोमबार ठूलै घोषणा हुने विश्लेषण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ