arrow

‘जय श्रीराम’ भनी नारा लगाउँदा प्रहरीले गोली हान्यो

logo
प्रकाशित २०७६ असार ८ आइतबार
india-attack.jpeg

काठमाडौं । भारतको पश्चिम बंगालमा ‘जय श्रीराम’ को नारा लगाउँदा प्रहरीले गोली चलाएको छ । उक्त गोली लागेर दुई जना घाइते भएका छन् । 

बाँकुरा जिल्लाको पंचासायर गाउँमा शनिबार पुलिस र भारतीय जनता पार्टी भाजपाका कार्यकर्ताहरुबीच भिडन्त हुँदा भाजपाका दुई कार्यकर्ता घाइते भएका हुन् । 

जय श्रीरामको नारा लगाएपछि प्रहरीले कार्यकर्ताहरुमाथि गोली चलाउनुका साथै लठ्ठीले पिटेको भाजपाले जनाएको हो । 

गृहमन्त्री अमित शाहको आदेशमा भाजपा नेताहरुको एक टोली रिपोर्टका लागि उत्तर २४ परगना जिल्लाको भाटपारा गएको थियो । त्यसको तुरुन्तै फेरि हिंसा भएको थियो । प्रहरीमाथि बमसमेत फ्याकिएको बताइएको छ । 

तृणमूल काँग्रेसका सांसद सुवेन्दु अधिकारीले एक जनसभामा संवोधन गरिरहेका थिए । उक्त क्रममा भाजपा कार्यकर्ताहरुले उक्त जनसभाको सामुन्ने जय श्रीरामको नारा लगाउन थाले । 

त्यसपछि भाजपा र तृणमूलबीच हंगामा हुन थाल्यो । 

भाजपाले पुलिसले कार्यकर्तामाथि गोली चलाएको आरोप लगाएको छ । १४ वर्षको एक बालकसहित दुई जना घाइते भएका छन् ।  

भाजपाको दावी छ कि बिहीबार भएको हिंसामा दुई भाजपा कार्यकर्ताको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ